श्रावण १५, २०८२ बिहिबार July 31, 2025

एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न

बाँकी प्रदेश तथा जिल्लामा यथाशक्य चाँडो अधिवेशन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार ४  गते ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले छवटा प्रदेश ५० जिल्ला अधिवेशन सम्पन्न गरेको छ । पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको हो ।

केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार सङ्गठनलाई सुदृढ गर्न सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला, सदस्यता विस्तार, राजनीतिक प्रशिक्षण सञ्चालन हुनेछ । बाँकी प्रदेश तथा जिल्लामा यथाशक्य चाँडो अधिवेशन गरिनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया