श्रावण १५, २०८२ बिहिबार July 31, 2025

राष्ट्रपतिद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमा राष्ट्रपतिको लालमोहर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार ४ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक आज बुधबार प्रमाणीकरण गर्नुभएको हो।

उक्त विधेयक संसदको दुवै सदन – प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरिएको थियो। विधेयक प्रमाणीकरणसँगै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी कानुनी व्यवस्था अब लागू हुने भएको छ।

सरकारले दार्चुलामा स्थापित सो विश्वविद्यालयलाई स्वास्थ्य शिक्षा विस्तार र क्षेत्रीय समानता कायम गर्ने उद्देश्यले सञ्चालन गर्न लागेको हो। अब विधेयक प्रमाणीकरणसँगै विश्वविद्यालयको संरचना, संचालन प्रक्रिया, पदाधिकारी नियुक्ति, शैक्षिक कार्यक्रम र अन्य प्रशासनिक व्यवस्थाहरूलाई कानुनी आधार प्राप्त हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया