असार २३, २०८२ सोमबार July 7, 2025

एमाले नेता भरतप्रसाद साह माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

नेकपा (एमाले) को राष्ट्रिय सल्लाहकार परिषद् सदस्य समेत रहेका साहलाई प्रचण्डको रातो कार्पेट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार ४ गते । शिक्षा तथा राजनीतिमा लामो समयदेखि सक्रिय नेता भरतप्रसाद साह आज औपचारिक रूपमा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। चितवनमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हातबाट टीका लगाएर उनलाई पार्टीमा स्वागत गरिएको हो।

कलैया उपमहानगरपालिका–५, बारा निवासी साहले आफ्नो राजनीतिक यात्रा २०३५ सालमा अखिल (पाँचौं) का बारा जिल्ला अध्यक्षको रूपमा सुरु गरेका थिए। त्यसपछि २०३७ र २०३८ सालमा ठाकुरराम कलेजमा दुई कार्यकाल स्ववियु सदस्यमा निर्वाचित हुँदै विद्यार्थी राजनीतिमा सक्रिय योगदान दिएका थिए।

२०५४ देखि २०५९ सालसम्म नेकपा (एमाले) शिक्षक संगठन बारा जिल्ला अध्यक्ष, त्यसपछि २०६१ मा नेपाल शिक्षक युनियन बारा अध्यक्ष, र २०७१ मा केन्द्रिय अध्यक्षको रूपमा कार्यरत रहेर शिक्षा क्षेत्रको संगठनात्मक सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

राजनीतिक रूपमा अनुभवसञ्चित र संगठनकर्ता नेताका रूपमा चिनिने साह हालसम्म नेकपा (एमाले) को राष्ट्रिय सल्लाहकार परिषद् सदस्यको रूपमा क्रियाशील थिए। तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्र रोजेको बताइएको छ।

पार्टी प्रवेश समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले साहको आगमनले पार्टी अझ बलियो हुने विश्वास व्यक्त गरे। साथै, साहको समावेशी नेतृत्वले बारा र मधेसमा माओवादी केन्द्रको उपस्थितिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार