असार २०, २०८२ शुक्रबार July 4, 2025

भरतपुर मेयर कप फुटबल आजदेखि शुरु हुँदै

प्रतियोगिताको महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको दोस्रो संस्करण असार ६ गते शुक्रबारदेखि शुरु हुने भएको छ । चितवन जिल्ला फुटबल सङ्घको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवद्र्धनमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्ने जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिनुभयो । प्रतियोगितामा भरतपुर महानगरपालिका भित्रका २४ सामुदायिक तथा संस्थागत विद्यालयहरू सहभागी छन् । उद्घाटन खेलमा नेपाल पुलिस स्कुल र चितवन मावि भिड्नेछन् । खेल भरतपुर ७ कृष्णपुरमा दिउँसो ४ः३० बजे सुरु हुनेछ ।

प्रतियोगिताका लागि यस अघि छनौट चरणका खेलहरू आयोजना भएका थिए । ६३ स्कुल सहभागी छनौट चरणबाट १२ स्कुल छनौट भएका थिए । यस्तै गत वर्ष सम्पन्न मेयर कपको लिग चरणबाट नकआउटमा पुगेका १२ टोली सिधै छनौट भएका हुन् । गत वर्ष लिग भए पनि यस वर्ष सिधै नकआउट खेलाइने अध्यक्ष कार्कीले बताउनु भयो ।

१३ गतेसम्म हुने प्रतियोगिताका खेलहरू विभिन्न ४ वटा मैदानमा खेलाइनेछ । संघका महासचिव रामहरि ढकालका अनुसार भरतपुर ७ कृष्णपुर, भरतपुर १२ रामवेल सामुदायिक मैदान, भरतपुर १४ सुन्दरबस्ती र स्मल हेभन स्कुलको मैदानमा खेलहरू हुनेछ ।

यसैबीच छनौट चरणबाट छनौट भएका दुई स्कुल बाहिरिएका छन् । गौरीगन्ज मावि र प्रभात माविका खेलाडीहरुविरुद्ध उजुरी परेको थियो । सोही आधारमा अनुसन्धान गर्दा कागजातमा त्रुटि देखिएकोले ती स्कुललाई कारबाही गरिएको उहाँले बताउनु भयो । कारबाहीमा परेका गौरीगन्ज माविको स्थानमा अर्बिट स्कुल र प्रभातको स्थानमा पारिजात स्कुल छनौट भएका छन् । यी दुई स्कुल छनौट चरणमा आफ्नो समूहमा चौथो भएका थिए ।

भरतपुर महानगरपालिकाको आर्थिक सहयोग तथा प्रवद्र्धनमा गत वर्षबाट सुरु भएको मेयर कप नेपालकै विद्यालय स्तरको सबै भन्दा ठूलो प्रतियोगिताको भएको संघका अध्यक्ष कार्कीको भनाइ छ । गत वर्ष अमर माविले मेयर कपको उपाधि जितेको थियो भने विश्वप्रकाश मावि उपविजेता भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार