मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

त्रिदेशीय टी-२० शृंखलामा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

यो जितसँगै नेपालले प्रतियोगितामा उत्साहजनक सुरुआत गरेको छ र आगामी खेलमा आत्मविश्वासका साथ अघि बढ्ने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, असार ६ गते । स्कटल्यान्डमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० शृंखलामा नेपालले शानदार प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ। बिहीबार ग्लासगोमा सम्पन्न खेलमा ओपनर कुशल भुर्तेलको अर्धशतक र सन्तुलित टोलीगत प्रदर्शन नेपालका लागि जितको आधार बन्यो।

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७४ रन बनायो। उसको तर्फबाट माइकल लेभिटले ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८६ रनको विस्फोटक पारी खेले। रोइलोफ भान डेर मार्वेले ३६ रनको योगदान दिए।

नेपालका लागि बलिङतर्फ करण केसीले दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले समान एक–एक विकेट लिएर विपक्षी इनिङ्स नियन्त्रणमा ल्याए।

१७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। ओपनर कुशल भुर्तेलले ५१ बलमा ६ चौकासहित ६१ रन बनाउँदै बलियो सुरुवात दिलाए। आरिफ शेखले ३९ रन बनाए तापनि उनी रिटायर्ड हर्ट हुन पुगे। भीम सार्कीले २७ रन, दीपेन्द्रसिंह ऐरी र लोकेश बमले संयमित ब्याटिङ गर्दै नेपाललाई जितको गन्तव्यमा पुर्‍याए।

यो जितसँगै नेपालले प्रतियोगितामा उत्साहजनक सुरुआत गरेको छ र आगामी खेलमा आत्मविश्वासका साथ अघि बढ्ने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार