असार २३, २०८२ सोमबार July 7, 2025

‘देश र जनताका आवश्यकताका आधारमा सरकारले काम गरिरहेको छ’ – मन्त्री गुरुङ

सरकारले गर्ने कामका आधारमा जनमत बढ्ने र घट्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लमजुङ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले देश र जनताका आवश्यकताका आधारमा सरकारले काम गरिरहेको बताउनुभएको छ ।

लमजुङ बेँसीसहर नगरपालिका–८ मा आज आयोजित नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले जनताले वर्तमान सरकारले राम्रो काम गरेको हेर्न चाहेकाले सोही अनुरुप काम गरेर जनताको आशा र विश्वास पूरा गर्ने बताउनुभयो ।

सरकारप्रति गुनासो नआउने गरी सरकार अघि बढिरहेको जिकिर गर्दै उहाँले भन्नुभयो, “अहिले प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, पालिका प्रमुखहरुले कस्ता काम गरेका छन् भनेर जनताले मूल्याङ्कन गरिरहेका छन् ।” सरकारले गर्ने कामका आधारमा जनमत बढ्ने र घट्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टी बलियो बनाउन पार्टीका नेता तथा कार्यकर्ताले जतिसुकै खटिए पनि जनप्रतिनिधिले राम्रो काम गरेमा मात्र पार्टीप्रति जनता आकर्षित हुने उहाँको भनाइ छ ।

“हामी फेरि २०४८ तिरकै कार्यशैलीमा फर्कनुपर्छ । त्यतिबेलाकै आचरणमा फर्कनुपर्छ । आचरणमा सुधार हुनुपर्छ । हामी नैतिकवान, इमान्दार, शासकीय सुधारमा क्षमतावान बन्न सकेमा मात्र हाम्रो साथमा जनता हुनेछन् । हामी जनतामाझ हुनेछौँ”, उहाँले भन्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार