मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

सुदूरपश्चिम रोयल्सद्धारा दोस्रो संस्करणका लागि रिटेन र रिलिज खेलाडीको सूची सार्वजनिक

एनपीएलको दोस्रो संस्करणको तयारी तीव्ररूपमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणलाई लक्षित गर्दै सुदूरपश्चिम रोयल्स टोलीले आफ्नो टिमबाट रिटेन र रिलिज गरिएका खेलाडीहरूको नाम सार्वजनिक गरेको छ।

सुदूरपश्चिमले राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई पुनः मार्की खेलाडीको रूपमा रिटेन गर्दै प्रमुख आधारशिला कायम राखेको छ। दिपेन्द्र एनपीएलको पहिलो संस्करणमा समेत टोलीको प्रमुख खेलाडीका रूपमा रहेका थिए।

उनका अतिरिक्त विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउद जस्ता अनुभवसहितका खेलाडीहरूलाई पनि सुदूरपश्चिमले आफ्नो टिममा कायम राख्ने निर्णय गरेको छ।

यता, अर्जुन कुमाल, नरेश बुढाथोकी, खडकबहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्री भने रिलिज गरिएको सुदूरपश्चिम रोयल्सले जानकारी दिएको छ। रिलिज गरिएका खेलाडीहरू अब अन्य टोलीमा ट्रान्सफर हुने वा ड्राफ्टमार्फत चयन गरिने सम्भावना छ।

एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सले प्रभावशाली प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको थियो। फाइनलमा जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित हुँदै उपाधिबाट चुकेको टिमले यसपटक उपाधि जित्ने लक्ष्य लिएको बुझिएको छ।

एनपीएलको दोस्रो संस्करणको तयारी तीव्ररूपमा भइरहेको छ, र सबै टिमले क्रमशः आफ्नो रिटेन तथा रिलिज सूची सार्वजनिक गरिरहेका छन्। दर्शकहरूले यसपटकको प्रतियोगिता थप प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार