मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक ‘डे’

कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घघाटन गरेपछि र्‍याली डल्लुस्थित कभर्ड हलमा पुगेर समापन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा ओलम्पिक डे २०२५ सोमबार विभिन्न कार्यक्रम गरेर भव्यपूर्वक मनाइएको छ ।

जुन २३ लाई पूरा विश्व ओलम्पिक डेका रूपमा मनाइँदै आएको छ । नेपालमा पनि ओलम्पिक डेका अवसरमा विभिन्न कार्यक्रम गर्दै मनाइँदै आएको छ । त्यसै अवसरमा कमिटीका पदाधिकारी, प्रशिक्षक, खेलाडी, निर्णायक पत्रकार तथा नेपाली खेलका शुभचिन्तकहरू स्वयम्भू स्तूप हारती माताको दक्षिणतर्फ भेला भएर सोमबार वृहत र्‍याली आयोजना गरिएको थियो । कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घघाटन गरेपछि र्‍याली डल्लुस्थित कभर्ड हलमा गएर टुंङ्गेको थियो ।

त्यसै अवसरमा साइक्लिङको र्‍याली पनि आयोजना गरिएको थियो । डल्लु कभर्ड हलमा आयोजित विशेष कार्यक्रममा कमिटीका उपाध्यक्ष तथा ओलम्पिक डे आयोजनाका संयोजक अशोक वज्राचार्यले नेपाली राष्ट्रिय झन्डा झण्डोत्तोलन गरे । त्यसै अवसरमा कमिटी अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झन्डा झण्डोत्तोलन गरे ।

सो अवसरमा कमिटीका महासचिव राजीव श्रेष्ठले ओलम्पिक दिवस क्यालेन्डरमा सीमित मिति मात्र नभएर यो एउटा आन्दोलनका रूपमा रहेको बताए । उनले भने, ‘यो यस्तो आन्दोलन हो, जसले हामीलाई खेलकुदमा संलग्न हुन, स्वस्थ र सक्रिय जीवन बिताउन र शारीरिक गतिविधि प्रोत्साहित गर्छ ।’

एनओसी अध्यक्ष श्रेष्ठले ओलम्पिकको भावना सबैतिर स्थापित भएको बताए । उनले भने, ‘ओलम्पिक डे मनाउनको अर्थ स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि हो । ओलम्पिक डे ले हामीलाई एकता र शान्तिका लागि उत्प्रेरित गरिरहेको हुन्छ । त्यसैले यो दिनको ठूलो महक्त्व छ ।’

कार्यक्रमका अवसरमा कराँते, उसु, जोडो र बि–बोइङको नृत्य प्रस्तुत गरिएको थियो । त्यस्तै ग्यालेक्सी स्कुलका छात्रा छात्राले नृत्य पनि प्रस्तुत गरे । सो अवसरमा ओलम्पिक डे मा सहभागी हुने सबैलाई सम्मान पत्र पनि प्रदान गरिएको थियो । कमिटी, यस अन्तर्गतका विभिन्न संघ र अन्य खेलसँग जोडिएका संघ संस्थाको आयोजनामा ओलम्पिक डे २०२५ को आयोजनामा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार