मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

मंगलादेवी किकबक्सिङमा च्याम्पियन बने युगिन

फेदर वेटमा रोहित चुनाराले रोहित कयाथलाई हराएर जित निकाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। तेस्रो मंगलादेवी प्रो के वान किकबक्सिङ प्रतियोगिताको मुख्य उपाधि युगिन शर्माले जितेकी छन् ।

उनले महिला फ्लाईवेट नेसनल टाइटलको फाइनलमा सुस्मीता थापामगरलाई हराउँदै उपाधि हात पारिन् । उपाधिसँगै युगिनले एक लाख रुपैयाँ नगद पुरस्कार पनि पाइन् ।

प्रतियोगिता कांग्रेस नेतृ मंगलादेवी सिंहको स्मृतिमा आयोजना गरिएको हो । यसमा पाँच वटा नेसनल टाइटलका लागि प्रतिस्पर्धा भएको थियो । पुरुषतर्फको फ्लाईवेट टुर्नामेन्टमा सन्जु तामाङले उपाधि जिते । उनले सन्जोक राईलाई फाइनलमा हराएका थिए । फेदर वेटमा रोहित चुनाराले रोहित कयाथलाई हराएर जित निकाले । त्यस्तै, लाइट वेट नेसनल टाइटल महेन्द्र गजमेरले जिते । उनले फाइनलमा सनम घुस्रेलाई पराजित गरे ।

फ्लाई वेट टाइटल कविन देशार वामीले जिते । उनले हरि मिजारलाई हराएका थिए । प्रतियोगिताको अन्य खेलमा आदिन स्वामीले विजेस दर्लीलाई हराएका थिए । सबै उपाधि विजेताहरूले जनही एक–एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार