मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

क्लब वर्ल्डकप २०२५ : पीएसजी अन्तिम १६ मा, सियाटल सन्डर्समाथि २–० को जित

ख्विचा क्वारत्सखेलिया र अचरफ हाकिमीले गोल गरेपछि पीएसजीले आवश्यक जित निकाल्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असार ११ गते। फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले क्लब वर्ल्डकप २०२५ को समूह चरणको अन्तिम खेलमा सियाटल सन्डर्सलाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। ख्विचा क्वारत्सखेलिया र अचरफ हाकिमीले गोल गरेपछि पीएसजीले आवश्यक जित निकाल्न सफल भयो।

यसअघि ब्राजिली क्लब बोटाफोगोसँगको पराजयपछि पीएसजीका लागि यो खेल ‘कर या मर’ को अवस्थामा थियो। जित्नैपर्ने दबाबबीच मैदान उत्रेको पीएसजीले आत्मविश्वासी प्रदर्शन गर्दै सियाटललाई गोलविहीन राख्यो।

यसै समूह ‘बी’ अन्तर्गतको अर्को खेलमा एटलेटिको म्याड्रिडले बोटाफोगोलाई १–० ले पराजित गरे पनि पर्याप्त गोल अन्तर नहुँदा एटलेटिको प्रतियोगिताबाट बाहिरियो। समूहका तीनै टोली – पीएसजी, बोटाफोगो र एटलेटिको – समान ६ अंकमा रहे पनि गोल अन्तरका आधारमा पीएसजी पहिलो र बोटाफोगो दोस्रो स्थानमा रहे।

स्पेनी क्लब एटलेटिको म्याड्रिडका लागि एक मात्र गोल एन्टोनियो ग्रिजमनले गरेका थिए। यद्यपि, ग्रिजमनको त्यो प्रयास टोलीलाई नकआउट चरणमा पुर्‍याउन असफल रह्यो।

अब समूह विजेता पीएसजी र उपविजेता बोटाफोगो अन्तिम १६ मा प्रवेश गरेका छन्। युरोपेली च्याम्पियन पीएसजीको यो जितले प्रतियोगितामा उसको मनोबल थप उच्च बनाएको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार