श्रावण २, २०८२ शुक्रबार July 18, 2025

आफ्नै श्रीमतीको हत्या आरोपमा पर्सामा श्रीमान् पक्राउ

प्रारम्भिक अनुसन्धान गर्दा हत्या श्रीमानले गरेको पाइएपछि पक्राउ गरी जिल्ला अदालत पर्साबाट पाँच दिन थुनामा राख्न अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पर्सा ।आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पर्सामा श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका-४ का २३ वर्षीय सफिराजा मियाँ रहेका छन्।

२१ वर्षीया लालबिबी खातुनको हत्या गरेको आरोपमा उनलाई दुई दिनअघि पक्राउ गरिएको पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

लम्सालका अनुसार असार ७ गते राति पौने १ बजे लालबिबीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

प्रारम्भिक अनुसन्धान गर्दा हत्या श्रीमानले गरेको पाइएपछि पक्राउ गरी जिल्ला अदालत पर्साबाट पाँच दिन थुनामा राख्न अनुमति लिइएको छ।

लम्सालका अनुसार शव पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको छ।

श्रीमान-श्रीमतीबीच मनमुटाव रहेकोले घटना भएको प्रहरीको अनुमान छ। ‘उनीहरूबीच लामो समयदेखि बोलचाल नरहेको थाहा भएको छ,’ लम्सालले भने, ‘कामबाट घर आउँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, वास्ता नगर्ने गरेको पाइएको छ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार