असार २०, २०८२ शुक्रबार July 4, 2025

नेकोस कपको उपाधि न्यू डायमण्डले जित्यो

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यू डायमण्डकी सुमित्रा रेग्मी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः हेटौंडामा भएको नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यू डायमण्ड क्लबले जितेको छ । विभागीय टोली एपीएफलाई सोझो सेटमा हराउँदै न्यू डायमण्डले पाँच लाख राशीको पहिलो नेकोस कपको उपाधि उचालेको हो । हेटौंडा उपमहानगरपालिका-४ स्थित हुप्रचौरमा बुधबार भएको फाइनल खेलमा न्यू डायमण्डले एपीएफलाई २५-१२, २५-२३ र २५-१८ को सोझो सेटमा पराजित गरेको हो ।

विजेता नेकोसले पाँच लाख नगद र उपविजेता एपीएफले ३ लाख नगदसहित ट्रफि र मेडल पाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यू डायमण्डकी सुमित्रा रेग्मी चुनिएकी छन् । विधागततर्फ उत्कृष्ट सर्भर नेपाल पुलिस क्लबकी कोपिला राना, उत्कृष्ट लिब्रो डायमण्डकी सलिना श्रेष्ठ, उत्कृष्ट ब्लकर एपीएफकी गरिमा बोहरा, उत्कृष्ट सेटर डायमण्डकी प्रगति नाथ चयन भए ।

यसैगरी, उत्कृष्ट स्पाइकर एपीएफकी निरुता ठगुन्ना, उत्कृष्ट प्रशिक्षक डायमण्डका कुमार राई घोषित हुँदा उदीयमान खेलाडीको पुरस्कार गण्डकी प्रदेशकी रिकजना भोटेले पाएकी छन । विधागततर्फका उत्कृष्ट खेलाडी र प्रशिक्षकहरुले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

विजेता न्यू डायमण्डले सेमिफाइनलमा गण्डकी प्रदेशलाई सोझो सेट २५-१५, २५-१० र २५-१६ मा हराउँदै फाइनल यात्रा तय गरेको थियो । एपीएफले पनि नेपाल पुलिस क्लबलाई सोझो सेटमै हराएको थियो । एपीएफले पुलिसलाई २५-२१, २५-१८ र २५-२१ म निरीह बनाउँदै उपाधि होडमा न्यू डायमण्डसँग भेट पक्का गरेको हो ।

प्रतियोगिताको तेस्रो स्थान नेपाल पुलिसले लिएको छ । बुधवार तेस्रो स्थानको लागि भएको खेलमा पुलिसले गण्डकीलाई २५-२३, २५-१५ र २५-१८ को सेटमा पराजित गर्दै नगद १ लाख रुपैयाँ प्राप्त गरेको छ । चौथो स्थानमा खुम्चिएको गण्डकीले ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

नेपाल स्पोर्टस सेन्टरले प्रतियोगिताको आयोजना गरेको थियो । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डे, पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडा, हेटौंडा उपमहानगर प्रमुख मिनाकुमारी लामा, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानलगायतले विजेता, उपविजेता टिम र उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार