असार १९, २०८२ बिहिबार July 3, 2025

बाजुरा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

१५ महिना मुनिका र १६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाजुरा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । शनिवार बिहान जिल्ला खोप समन्वय समिति बाजुराले मार्तडीमा आयोजना गरेको एक समारोहकावीच बाजुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले घोषण कार्यक्रममा भने नेपालको संविधान २०७२को धारा ३५ र ३८ मा नेपाली नागरिकलाई निःशुल्क र सर्वसुलभ सुविधा दिन समान पहुँच हुने ब्यवसथा भए अनुसार बाजुरामा पनि विगत तीन वर्ष यता प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेको बताए ।

स्वस्थ जीवनका लागि आधारभुत स्वास्थ्य सुबिधा चाहिन्छ । सुलभ स्वास्थ्य सुविधा ५० प्रतिशत सेवा स्थानीय वडातह अर्थात् स्थानीय पालिकाबाट हुने हुंदा स्थानीय तहको एकल अधिकार भित्र पर्छ । स्थानी तह अझ गाउँटोलमा रहेका महिला स्वयंसेविका ग्रामिण क्षेत्रका स्वास्थ्कर्मी बढी सक्रिय भएकाले पूर्ण खोप सुनिश्चिचता जिल्ला घोषण गर्न सफल भएको कार्यलय प्रमुख चन्दको भनाई थियो । राष्ट्रिय खोप कार्यक्रम अन्तरगत १३ वटा रोग विरुद्ध खोप लगाइन्छ भने यस वर्ष देखि पाठेघरको मुखको क्यान्सरविरद्ध पनि खोप लगाउने गरिएको हो ।

कार्यक्रममा “ खोज र खोप” अभियान अन्तरगत बाजुरा नियमित खोप लगाई आएको छ । १५ महिना मुनिका र १६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको बताए । कार्यालय प्रमुख चन्दले सार्वजकि गरेको तथ्यांक अनुसार अनुसार जिल्लाका ९ वटै स्थानीय तहका ६९ वडामा घरधुरी सर्वेक्षण गरी बालबालिकाले पाउनुपर्ने सबै पूर्ण खोप पाएको सुनिश्चित भएको हो । उनले जिल्लाभर कुनै पनि खोप नपाएका १४ जना र छुट बच्चाको संख्या एक सय ३ रहेका थिए । १०३ जनाले कनै न कुनै खोप लगाउन छुटेका थिए । सबैभन्दा बढि बुढिनन्दा नगरपालिका रहेको तथ्यांकमा उल्लेख छ । छुटेका सबै बालबालिकालाई गत वैशाख महिनामा खोजी खोजी खोप लगाइएको हो।

यो खोप अभियान नियमित गरेसँगै जिल्लामा वाल मृत्यु दरमा कमी आएको । झाडापखाला लगायतका महामारी जन्य रोग नियन्त्रण भएको र स्थानीय श्रोतको पनि उपयोग भएको बताइएको छ भने सस्टे एबल डेभ्लोम्यान्ट गोल एचिभ गर्न सफल भएको उनले बताए । त्यस्तै घरधुरी सर्वेक्षणपछि वडा र ९ वटै पालिका घोषणा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गरिएको जानकारी दिए ।

बाजुरा सुदूरपश्चिम प्रदेशको दोस्रो पूर्ण खोप सुनिश्चितता तथा दिगोपनासहितको जिल्ला बनेको छ । डोटी सुदुरको पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपनासहितको जिल्ला हो ।

१६ महिनादेखि १६ वर्षमुनिका बालबालिकाले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, दादुरा–रुवेला, पेन्टा र ओ.पी.भी तथा टाईफाईड विरुद्धका विभिन्न चरणका खोप समय तालिकाभित्र प्राप्त गरेपछि पूर्ण खोप पाएको मानिन्छ ।

कार्यक्रममा जिल्ला पूर्ण खोप तथा सुनिश्चितता घोषणा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्ने स्वास्थ्य स्वयंसेविका २ जना , ६ जना स्वास्थ्यकर्मीलाई नगद पाँच हजार रुपैंया र नौवटा पालिकालाई सम्मान पत्र प्रदान गराएको छ ।

३२ वर्ष लामो समय देखि निरन्तर स्वयं सेवीकाको रुपमा कार्यरत बडिमालिका नगरपालिका वडा नं ८ की विस्ना रावलले घोषण कार्यक्रममा वोल्दै निरन्तर काम गर्दे आएको बताइन् । विगतको तुलनामा कयौं गुना सवास्थ्य सेवामा प्रभावकारिता आएसंगैं गाउँ घरघरमा स्वयंसेविका पुग्दा उल्लेखनीय जनचेतना फैलाएको र जसका कारण वाल मृत्युदरमा निक्कै कमी आएको बताइन् । तर राज्यले स्वयंसेविकालाई मासिक १ हजार भत्ता दिने गरेको एक जार रुपैंयाले नपुग्दा घरवाट खर्च लिएर स्वयंसेबीकाका काम गर्नु परेको गुनासो गरिन्। डेलिभरी गराउन अस्पताल पु¥याए वापत ५० रुपैंया पाउने गरेको उल्ट चार पांच सय खल्तीबाट बेहोर्नु परेको उनको गुनासो थियो । मासिकालाई निवृत्तिभरण र मासिक तलभको ब्यबस्था गर्नु पर्ने सरोकारवालको जोड रहेको छ ।

कार्यक्रममा सहभागीहरुले बालबालिकालाई खोपको मात्रा पूरा गर्न निरन्तरता दिन र दिगोपना कायम राख्ने भन्दै साझा प्रतिवद्धता बोर्डमा हस्ताक्षर समेत गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले सबैभन्दा पहिले स्वयंसेविकाहरुको अतुलनीय योगदानपछि पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा भएको भन्दै आज देखि बाजुरा पुर्ण खोप सुनिश्चित भएको छ अव भोलि देखि जन्मने बच्चाका लागि पनि सुनिश्चित गर्न यसको दिगोपनामा सबैले झन् सक्रिय रुपमा लाग्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी पाध्याले स्वास्थ्य स्वयंसेविकाहरुको काम अनुसार उचित सेवा सुविधामा पनि राज्यले सबैको ध्यान जानुपर्नेमा जोड दिए । जिल्ला खोप समन्वय समिति प्रमुख तुलसीराम रोकायाले स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, पत्रकार लगायतको महत्त्वपूर्ण भूमिकापछि पूर्ण खोप सुनिश्चितता घोषणा भएको भन्दै सबैलाई धन्यवाद दिए ।

जिल्ला खोप समन्वय समिति प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, सुरक्षा निकायका प्रमुख, स्वास्थ्यकर्मी, पत्रकार, कर्मचारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थ्य कार्यालयका प्रशान्त जोशीले गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया