भाद्र ७, २०८३ आइतबार August 23, 2026

किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

चालु आर्थिक वर्ष २०८१/८२ को कृषिमा यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गोरखा, २१ असार : गोरखा नगरपालिका–८ ले कृषिलाई प्रविधिमैत्री बनाउन किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । वडाभित्रका १६ जना किसानलाई अनुदानमा हाते ट्र्याक्टर गरिएको वडाध्यक्ष ऋषिराम खत्रीले जानकारी दिनुभयो ।

किसानलाई कृषि प्रविधिमैत्री बनाउँदै खेती गर्दा कम लगानीमा उत्पादन वृद्धि गराउनका लागि कृषिमा आश्रित विपन्न, युवा कृषक र महिलालाई लक्षित गरेको ट्र्याक्टर वितरण गरिएको उहाँको भनाइ छ ।

“प्रत्येकलाई किसानलाई रु २०/२० हजार अनुदान पर्ने गरी हाते ट्र्याक्टर वितरण गरिएको हो”, वडाध्यक्ष खत्रीले भन्नुभयो, “तीन वर्षको अवधीमा वडाभित्र ८४ जना किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ ।” कृषकलाई वितरण गरिएको ट्र्याक्टर छ हर्जपावर क्षमताको रहेको उहाँले बताउनुभयो ।

वडा कार्यालयको चालु आर्थिक वर्ष २०८१/८२ को कृषिमा यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको हो । परम्परागत खेती प्रणालीमा खेतबारी जोत्न लागि गोरुको प्रयोग गर्दै आएको भए पनि गाउँमा पछिल्लोसमय गोरु पाल्नेको सङ्ख्या न्यून हुँदै गएकाले गोरुको अभावमा खेतबारी बाँझो नबनोस् भन्ने उद्देश्यसहित नगरपालिकाले कृषकलाई कृषि औजारमा अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको नगरप्रमुख कृष्णबहादुर रानामगरको भनाइ छ ।

अनुदान उपलब्ध गराउँदा यसअघि अनुदान नपाएका किसानलाई मात्र छनोट गर्ने गरिएको उहाँले बताउनुभयो । कृषि क्षेत्रलाई व्यावसायिक बनाउन र उत्पादन वृद्धिका लागि कृषि प्रणालीलाई यान्त्रिक एवं आधुनिकीकरण गर्नु आवश्यक रहेकाले पनि कृषि औजार अनुदान कार्यक्रमलाई नगरपालिकाले प्राथामिकता दिँदै आएको नगरप्रमुख रानामगरले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस्ः सभापति
२०८३ भाद्र ७, आइतबार
सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरो प्रभावित बस्तीको निरीक्षण
२०८३ भाद्र ७, आइतबार
कोशीका मुख्यमन्त्री कार्कीले सोमबार प्रदेशसभामा विश्वासको मत लिने
२०८३ भाद्र ७, आइतबार
मध्यस्थता प्रक्रियालाई सक्रिय बनाउन पाकिस्तानी सेना प्रमुख इरान भ्रमणमा
२०८३ भाद्र ७, आइतबार
बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ
२०८३ भाद्र ७, आइतबार
मुख्यमन्त्री थापालाई विश्वासको मत दिन नेपाली कम्युनिस्ट पार्टीको ‘ह्विप’
२०८३ भाद्र ७, आइतबार
शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल
२०८३ भाद्र ७, आइतबार