श्रावण १, २०८२ बिहिबार July 17, 2025

नेकपा अध्यक्षद्वयबीच बालुवाटारमा भेटवार्ता जारी- कार्यदलको प्रतिवेदनमाथी छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि नेकपा अध्यक्षद्वयबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान पौने दशबजेदेखी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल शुरु भएको हो ।

गत शनिबार महासचिव एव‌ कार्यदलका संयोजक विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले पार्टीका तत्कालीन विवादहरुको समाधानको उपाय सुझाइएको प्रतिवेदन बुझाएको थियो ।

कार्यदलले बुझाएको प्रतिवेदनले दुवै पद नछाड्ने ओलीको चासो सम्बोधन गरेको छ भने कार्यकारी अध्यक्षको भूमिका खोजेका दाहाललाई पनि त्यसै अनुसार भूमिका दिन सुझाएको देखिन्छ ।

विधि र पद्धतिमा पार्टी चलाउने सुझावले बरिष्ट नेता माधव कुमार नेपालको मुद्दा पनि सम्बोधन गर्न खोजेको छ । प्रतिवेदनमाथि दुई अध्यक्षले छलफल गरेपछि आवश्यकता अनुसार थप घट गरेर सचिवालयमा लैजाने अध्यक्षद्वयको तयारी छ ।

सचिवालयमा आवश्यक परिमार्जनपछि प्रतिवेदनलाई एउटा प्रस्तावका रुपमा स्थायी कमिटीमा लैजाने र अनुमोदन गराउने तयारी रहेको बालुवाटार श्रोतको दावी छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार