कार्तिक २५, २०८३ बुधबार November 11, 2026

आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन

प्रथम बिमा शुल्कका अतिरिक्त नवीकरण बिमा शुल्क तथा म्यादी जीवन बिमा शुल्कलाई अनिवार्य समावेश गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ३१ असारः नेपाल बिमा प्राधिकरणले जीवन बिमा कम्पनी र लघुजीवन बिमा कम्पनीलाई एक निर्देशन दिँदै सबै विवरण उपलब्ध गराउन भनेको छ ।

प्राधिकरणले आगामी आर्थिक वर्षका लागि आआफ्ना मातहतका कर्मचारी, विभाग, प्रादेशिकलगायत कार्यालय, व्यावसायिक लक्ष्य निर्धारण गर्दा प्रथम बिमा शुल्कका अतिरिक्त नवीकरण बिमा शुल्क तथा म्यादी जीवन बिमा शुल्कलाई अनिवार्य समावेश गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले सबै जीवन बिमा कम्पनी र लघुजीवन बिमा कम्पनीलाई जारी गरेको परिपत्रमा आगामी आर्थिक वर्षका लागि आफ्ना मातहतका कर्मचारी, उपशाखा÷शाखा÷प्रादेशिक कार्यालय र विभागलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा प्रथम बिमा शुल्कका अतिरिक्त नवीकरण बिमा शुल्क तथा म्यादी जीवन बिमा शुल्कलाई अनिवार्य समावेश गर्ने गरी निर्धारण गर्न निर्देशन दिएको उल्लेख छ ।

बीमकले मातहतका कर्मचारी र विभाग तथा कार्यालयलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा सावधिक र एकल बिमा शुल्क भुक्तानी हुने बिमालेखलाई मात्र प्राथमिकता दिने गरेका गुनासाहरू आउने गरेका छन् ।

यस्तै, बीमक ठूलो रकमको बिमा शुल्क सङ्कलनमा केन्द्रित हुँदा बिमाको पहुँच न्यून आय भएका वर्गसम्म पुग्न नसकेको, बिमा अवधि नपुग्दै बिमालेख व्यतित तथा समर्पण हुनेलगायत समस्या देखापरेको छ । त्यसबाट गुणस्तरीय एवं भरपर्दो बिमा सेवा प्रवाहमा चुनौती थपिएका सन्दर्भमा प्राधिकरणले त्यस्तो निर्देशन दिएको प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया