काठमाडौं । प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठक अन्त्य गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक आगामी साउन ७ गते बस्ने जानकारी गराए । त्यसदिन प्रतिनिधि सभामा प्रधानमन्त्री सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनेछ ।
मंगलबारको बैठकमा पानी जहाज सञ्चालन सम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गर्ने कार्यसूची थियो । तर, गणपुरक संख्या नपुगेर अगाडि बढ्न सकेन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया