काठमाण्डौः शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९२ हजार ३ सय थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो ।
चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२६५ रुपैयाँ रहेको चाँदी २२८० रुपैयाँ कायम भएको छ । यसअघि असार ३० गते चाँदीको भाउ हालसम्मकै उच्च २३१५ रुपैयाँ पुगेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया