काठमाण्डौं : नेपाल महिला संघकी संस्थापक सभापति मंगलादेवी सिंहकाे आज २४औं स्मृति दिवस नेपालकाे लाेकतान्त्रिक आन्दाेलनमा उनले गरेकाे याेगदानकाे स्मरण गरेर मनाइँदै छ ।
काेराेनाका महामारीका कारण यसवर्ष ओैपचारिक कार्यक्रम भने राखिएकाे छैन । आज दिउँसाे सिंहले नेपालकाे लाेकतान्त्रिक आन्दाेलन र महिला आन्दोलनमा पुर्याएकाे याेगदानबारे भर्चुअल रूपमा विचार विमर्श हुँदैछ । कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकाे प्रमुख आतिथ्यता र प्रवक्ता विश्वप्रकाश शर्मासहित भर्चुअल्ली विचार विमर्श हुन लागेकाे हाे ।
लाैह पुरूष गणेशमान सिंहकी पत्नी समेत रहेकी मंगलादेवी सिंहले नेपालकाे लाेकतान्त्रिक र महिला आन्दोलनमा पुर्याएकाे याेगदानका कारण स्मरण गर्ने गरिन्छ । नेपालको लोकतान्त्रिक आन्दोलनकी निर्भीक योद्धा, महिलाहरुको हक, हित र अधिकारको लागि सदैव संघर्षरत प्रेरक व्यक्तित्व एवं महिला संघकी संस्थापक अध्यक्ष सिंहको २०५३ भाद्र १० गते निधन भएकाे थियाे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया