श्रावण ५, २०८२ सोमबार July 21, 2025

उपाध्यक्ष गिरीको पदमुक्तिमा राप्रपा नेताहरूको विरोध : आन्तरिक लोकतन्त्रमा गम्भीर आघात

राप्रपा नेताहरूको अपिल : उपाध्यक्ष गिरीको पदमुक्ति असंवैधानिक, निर्णय सच्याउन माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, श्रावण ५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरूले उपाध्यक्ष मुकुन्द श्याम गिरीको पदमुक्ति विधानविपरीत ढंगले भएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री डा. धवल शमशेर राणा र महामन्त्री कुन्ति कुमारी शाहीले संयुक्त अपिल जारी गर्दै गिरीलाई पुनः पूर्ववत् पदमा राख्न पार्टी नेतृत्वसँग आग्रह गरेका छन्।

नेताहरूको अपिलमा भनिएको छ, “एकता महाधिवेशनको म्यान्डेट आत्मसात गर्दै पार्टीको सर्वोपरी हित र एकताको पक्षमा सार्वजनिक अपिल गरेकै कारण गिरीज्यूलाई विधान विपरीत पदमुक्त गरिनु दुखद घटनाक्रम हो।”

उनीहरूले कुनै स्पष्टिकरणको अवसर नदिई पार्टी विधानको अवमूल्यन गर्दै पदमुक्त गर्नु अस्वीकार्य रहेको उल्लेख गरेका छन्। अपिल अनुसार यस कार्यले पार्टीको प्रजातान्त्रिक छविमा आँच पुर्‍याएको छ र देशभरका पार्टी कार्यकर्तालाई दुःखी तुल्याएको छ।

यसै सन्दर्भमा राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले पनि उक्त निर्णयप्रति आपत्ति जनाउँदै एकलौटी निर्णय पार्टी हितविपरीत भएको बताए। उनले भने, “पार्टीको एकता, विधिको शासन र आन्तरिक लोकतन्त्रको मर्मविपरीत कुनै पनि निर्णय दीर्घकालीन हितकारी हुँदैन। मुकुन्द गिरीजस्ता समर्पित नेताको अपमान पार्टीभित्र निराशा फैलाउने काम मात्र हो।”

उनले नेतृत्वलाई तत्काल निर्णय पुनर्विचार गर्न र एकता र संवादको बाटो रोज्न आग्रह गरे। “हामीलाई विधि, प्रक्रिया र आदर्शमा आधारित संगठन निर्माण गर्नुपर्छ,” पाठकले थपे।

नेताहरूको अपिलमा गिरीको पार्टीप्रतिको समर्पण र योगदानको पनि स्मरण गरिएको छ। “गिरीज्यूले एकता महाधिवेशनदेखि अहिलेसम्म पार्टीलाई संस्थागत गर्न खेलेको भूमिका स्मरणीय छ,” अपिलमा उल्लेख छ।

राप्रपाभित्र पछिल्लो समय देखिएको असहमति र गुटगत तनावको पृष्ठभूमिमा आएको यस अपिलले पार्टीभित्र संवाद, सहकार्य र सामूहिक नेतृत्वको आवश्यकता झनै स्पष्ट बनाएको छ।

May be an image of text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार