असार १२, २०८३ शुक्रबार June 26, 2026

जापानको प्राविधिक साझेदारीलाई सहज बनाउन तयार छौँ : मन्त्री गुरुङ

राष्ट्रिय डिजिटल दृष्टिकोणलाई साकार पार्न जापानको प्राविधिक र वित्तीय सहकार्य महत्त्वपूर्ण हुने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल–जापानबिचको प्राविधिक साझेदारीलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल र जापानको प्राविधिक साझेदारीलाई सहज बनाउन आयोजना गरिएको जापान–नेपाल आइटी फोरम २०२५ लाई आज काठमाडौँमा सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले नेपाल सरकारले सञ्चार मन्त्रालयमार्फत डिजिटल र आइसिटी क्षेत्रमा पारस्परिक वृद्धिलाई प्रवर्धन गर्न जापान सरकारसँग रणनीतिक सहकार्यलाई सक्रिय रूपमा बढवा दिइरहेको बताउनुभयो ।

मन्त्री गुरुङले डिजिटल रूपान्तरण र आर्थिक आधुनिकीकरणको लागि नेपाल सरकारले क्षेत्रीय र विश्वव्यापी आवश्यकता पूरा गर्न हरित डेटा पूर्वाधार निर्माण गर्न जापानी लगानी आवश्यक भएकोमा जोड दिनुभयो ।

मन्त्री गुरुङले राष्ट्रिय डिजिटल दृष्टिकोणलाई साकार पार्न जापानको प्राविधिक र वित्तीय सहकार्य महत्त्वपूर्ण हुने भन्दै उहाँले नेपालले जिटुजी ढाँचा अन्तर्गत आफ्नै उपग्रह प्रक्षेपण गर्न जापानको प्राविधिक सहयोग खोजिरहेको बताउनुभयो ।

उहाँले जापानी लगानीकर्ता, अनुसन्धानकर्ता र प्राविधिक उद्यमीलाई नेपालमा सूचना प्रविधि नवप्रवर्तन र सहकार्यको लागि आफ्नो मन पर्ने गन्तव्य बनाउनसमेत आग्रह पनि गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
२०८३ असार १२, शुक्रबार
रास्वपाको उपसभापतिमा गौतम र महामन्त्रीमा आचार्य विजयी
२०८३ असार १२, शुक्रबार
महिला टि–ट्वान्टी क्रिकेटः एपीएफ र कोशी उपाधिका लागि भिड्ने
२०८३ असार १२, शुक्रबार
न्यायपालिका र सञ्चार माध्यम एक अर्काका परिपूरक हुन् : प्रधान न्यायाधीश डा शर्मा
२०८३ असार १२, शुक्रबार
प्रदेश खारेज भए संघीयता बँच्दैन : मन्त्री चौधरी
२०८३ असार १२, शुक्रबार
भेनेजुएला भूकम्प: मृतकको संख्या २३५ पुग्यो
२०८३ असार १२, शुक्रबार
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
२०८३ असार १२, शुक्रबार