कार्तिक २५, २०८३ बुधबार November 11, 2026

बागमती प्रदेश सरकारले साउन २७ गते विश्वासको मत लिने

प्रदेशसभाका एक सय १० जना सदस्यलाई साउन २७ गते बस्ने बैठकमा उपस्थित हुन सर्कुलर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाको साउन २७ गते अपराह्न ४ः०० बजे बस्ने बैठकमा सरकारको तर्फबाट विश्वासको मत लिनुहुने भएको छ ।

मुख्यमन्त्री बानियाँले प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न आवश्यक व्यवस्था मिलाइदिनुहुन भनी प्रदेशसभा सचिवालयमा आज सूचना दर्ता गराउनुभएको प्रदेशसभाका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो ।

उहाँले प्रदेशसभाका एक सय १० जना सदस्यलाई साउन २७ गते बस्ने बैठकमा उपस्थित हुन सूचना पठाइसकिएको पनि उल्लेख गर्नुभयो । गत साउन १८ गतेदेखि लागू हुनेगरी बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई राजीनामा पेस गर्नुभएको थियो ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई प्रदेशसभाको बहुमत ६४ जना सदस्यको समर्थन प्राप्त गरी गत साउन २० गते प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा बानियाँलाई नियुक्त गर्नु भई उहाँकै अध्यक्षतामा नौ सदस्य मन्त्रिपरिषद् गठन गरिएको थियो ।

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट मुख्यमन्त्रीमा बानियाँ नियुक्त हुनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार