कार्तिक २५, २०८३ बुधबार November 11, 2026

राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र पेस

नेपाल र इस्लामिक गणतन्त्र इरानबीच कूटनीतिक सम्बन्ध बिस्तार लगायतका बिषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २६ साउन : इस्लामिक गणतन्त्र इरानका लागि नेपालको गैरआवासीय राजदूत रमेशचन्द्र पौडेलले तेहरानमा आयोजित विशेष समारोहमा इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति डा मसूद पेजेसकियन समक्ष ओहदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

ओहदाको प्रमाणपत्र पेस गरेपश्चात राष्ट्रपतिसँगको शिष्टाचार भेटको अवसरमा राजदूत पौडेलले नेपाल र इस्लामिक गणतन्त्र इरानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीच सुमधुर, घनिष्ठ तथा मित्रवत् सम्बन्ध रहँदै आएको बताउँदै लगानी, व्यापार, पर्यटन, कृषि र शिक्षाको क्षेत्रमा आपसी सहयोगको सम्भावना रहेको बताउनुभयो ।

साथै, उहाँले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको महामहिम इरानी राष्ट्रपतिका लागि सुस्वास्थ्यका साथै इरान र इरानी जनताको समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना सन्देश प्रेषित गर्नुभयो ।

सो अवसरमा इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति पेजेसकियनले इरानका लागि गैरआवासीय राजदूत नियुक्त हुनुभएकोमा बधाई दिँदै राजदूत पौडेलले विद्यमान द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन सक्रिय भूमिका र जिम्मेवारी निर्वाह गर्नुहुने आशा व्यक्त गर्नुभयो । उहाँलाई इरानी सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

नेपालका राष्ट्रपतिलाई शुभकामनाका लागि धन्यवाद दिँदै वहाँको सुस्वास्थ्यका साथै नेपाल र नेपाली जनताको समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना सन्देश आफ्नोतर्फबाट प्रेषित गरिदिन आग्रहसमेत गर्नुभएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार