बनेपा, साउन ३० । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले वर्षायामका कारण संभावित बाढीपहिरो जोखिमबाट बच्न बिपी राजमार्गमा राति सवारी सञ्चालनमा रोकको अवधि भदौ १५ सम्म बढाएको छ।
जिल्ला सुरक्षा समितिको शुक्रबारको निर्णयअनुसार काभ्रेभञ्ज्याङदेखि सिन्धुलीतर्फ साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी सवारी चल्न पाउने छैनन्।
रोसी खोला र अन्य खहरे खोलामा बाढी तथा लेदोका कारण सडक अवरुद्ध भई यात्रु मर्कामा परेपछि यो रोक जारी राखिएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया