मंग्सिर ९, २०८३ बुधबार November 25, 2026

चिकित्सक लाइसेन्सको परीक्षा आगामी शनिवार लिईदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल मेडिकल काउन्सिलले चैतदेखि हुन नसकेको चिकित्सक लाइसेन्स (दर्ता) परीक्षा विभिन्न १६ वटा उपकेन्द्रमार्फत लिने तयारी गरेको छ ।

काउन्सिलले राजधानीमा ७ वटा र राजधानीबाहिर ९ वटा उपकेन्द्रमार्फत परीक्षा लिने तयारी गरेको हो । आगामी शनिबार दर्ता परीक्षा गर्ने तयारी अन्तिम चरणमा पुर्याएको काउन्सिलले सरकारलाई यातायातको सहजीकरण गरिदिनका लागि प्रस्ताव समेत पठाएको बताएको छ ।

‘आगामी शनिबार परीक्षा गर्ने सबै तयारी अगाडि बढेको छ,’ काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले भने, ‘हामीले यातायातमा सहजीकरणका लागि सरकारलाई प्रस्ताव गरेका छौं ।’ उनले सरकारबाट प्रस्ताव स्वीकृत आएपछि सबै कुरा डिसिजन गरेर दर्ता परीक्षा लिने बताए ।

काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीका अनुसार राजधानीबाहिर विराटनगरस्थित विराट मेडिकल कलेज, धरानस्थित विपी कोइराला स्वास्थ्य प्रतिष्ठान, लहान, जनकपुरस्थित जानकी मेडिकल कलेज, वीरगन्जस्थित नेशनल मेडिकल कलेज, चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज, बुटवलस्थित देवदह मेडिकल कलेज, कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज, पोखरास्थित मणिपाल मेडिकल कलेज गरी ९ वटा परीक्षा उपकेन्द्रहरु तोकिएका छन् ।

यस्तै, काठमाडौंका ७ वटा उपकेन्द्रमा दर्ता परीक्षा हुनेछ । जसमा आर्मी मेडिकल कलेज, कान्तिपुर डेन्टल कलेज, पिपुल्स डेन्टल कलेज, किष्ट मेडिकल कलेज, त्रिवि चिकित्सा अध्ययन संस्थान, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेजमा परीक्षा सञ्चालन हुनेछ । यसअघि काउन्सिलले इन्जिनियरिङ कलेजसँग सम्झौता गरी कम्प्युटरबाट परीक्षा लिने तयारी गरेको थियो । तर, कोभिड-१९ का कारण धेरै विद्यार्थीलाई एकै ठाउँमा राख्न नसकिने भएपछि काउन्सिलले कागजबेस परीक्षा लिने तयारी गरेको डा. अधिकारीले बताए ।

‘कम्प्युटरबाट परीक्षा लिने सबै तयारी भैसकेको थियो,’ उनले भने, ‘कोभिडका कारण काठमाडौंमा धेरै आउन नसक्ने र एकै ठाउँमा धेरै विद्यार्थी राख्न नसक्ने भएकाले यस पटक पहिलेजस्तै कागजबेस परीक्षा लिनुपर्ने भयो ।’ कोभिड-१९ का कारण गत चैत ८ गते तोकिएको काउन्सिलको दर्ता परीक्षा स्थगित भएको थियो । ४/४ महिना हुने परीक्षा कोभिड—१९ कै कारण काउन्सिलले अहिलेसम्म गर्न सकेको छैन । यसअघि भदौं ७ मा परीक्षा हुने तय भएको थियो तर काठमाडौंलगायतका स्थानमा निषेधाज्ञा भएपछि उक्त परीक्षण अन्तिम समयमा आएर स्थगित भएको थियो ।

आउँदो शनिबार हुने तयारी भएको परीक्षामा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका प्रतिनिधीहरु पनि सहभागी हुनेछन् । डा. अधिकारीले परीक्षालाई प्रतिनिधिमूलक बनाउन आयोगका प्रतिनिधीलाई सहभागी गराउन लागेको बताए । अहिले एमबीबीएस र बिडिएस सकेका झण्डै १ हजार विद्यार्थी दर्ता परीक्षाको तयारीमा छन् । हेल्थआवाज

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘लैङ्गिक हिंसामा शून्य सहनशीलता अपनाऔँ, पीडितलाई न्याय सुनिश्चित गरौँ’ : प्रधानमन्त्री शाह
२०८३ मंग्सिर ९, बुधबार
खसीको हड्डीको सुप यस्ता स्वास्थ्य समस्या भएकाले खानु हुन्न, जान्नुहाेस्
२०८३ मंग्सिर ९, बुधबार
हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु
२०८३ मंग्सिर ९, बुधबार
आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक
२०८३ मंग्सिर ९, बुधबार
डिजिटल बैंकिङमा नेपालीको पहुँच विस्तार, एक वर्षमै २३ लाखभन्दा बढी प्रयोगकर्ता थपिए
२०८३ मंग्सिर ९, बुधबार
‘अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता हो’
२०८३ मंग्सिर ९, बुधबार
बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु
२०८३ मंग्सिर ९, बुधबार