कार्तिक २५, २०८३ बुधबार November 11, 2026

टुइनेटर जहाजको कमीले नियमित उडानमा समस्या : मन्त्री पाण्डे

सुर्खेत विमानस्थललाई ‘टुइनेटर हब’ का रूपमा विकास गर्नुपर्ने प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाली तथा पहाडी जिल्लामा उडान गर्ने टुइनेटर जहाजको कमीका कारण नियमित हवाई सेवामा समस्या भइरहेको बताउनुभएको छ । शुक्रबार सुर्खेत विमानस्थलबाट कर्णालीका विभिन्न जिल्लामा हवाई उडान सञ्चालन गर्ने सम्बन्धमा आयोजित वृहत् छलफल कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सो कुरा बताउनु भएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल नेतृत्वको टोलीले सुर्खेतलाई आधार बनाएर सञ्चालन हुने हवाई उडान नियमित नहुँदा सङ्घीय सरकारको ध्यानाकर्षण गराएको थियो। छलफलमा मुख्यमन्त्री कँडेल, पूर्वमुख्यमन्त्री जीवन बहादुर शाही, प्रदेश मन्त्रीहरूका साथै सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थित रहेको थियो।

छलफलका क्रममा सहभागीहरूले कर्णाली प्रदेशका पहाडी जिल्लामा भर्खरै मात्र सडक सञ्जाल पुगेको र भौगोलिक कठिनाइका कारण हवाई सेवा अपरिहार्य रहेको धारणा राख्नु भएको थियो। मुख्यमन्त्री कँडेलले प्रदेश सरकार हातेमालो गर्न तयार रहेको भन्दै स्पष्ट कार्ययोजना बनाउन आग्रह गर्नुभयो। उहाँले अनुमति लिँदाको समयमा गरिएको प्रतिबद्धता पालना गर्नुपर्नेमा जोड दिँदै सुर्खेत विमानस्थललाई ‘टुइनेटर हब’ का रूपमा विकास गर्नुपर्ने प्रस्ताव अघि सार्नुभयो।

सीता एयरलाइन्सका प्रतिनिधिले यात्रु अभावकै कारण नियमित उडानमा कठिनाइ भएको बताउनुभयो। उहाँले सुर्खेतलाई आधार बनाएर केही उडान गरिरहेको जानकारी दिँदै जुम्ला, सिमिकोटलगायत क्षेत्रमा यात्रु भेटिए मात्र उडान गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो। राज्यले विशेष सहुलियत दिनुपर्ने माग पनि उहाँले राख्नुभयो ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सुर्खेत विमानस्थललाई प्रादेशिक हबका रूपमा विकास गर्ने सम्भावना रहेको बताउनुभयो। उहाँका अनुसार नेपाल एयरलाइन्ससँग सहकार्य गर्दै अन्य निजी कम्पनीलाई समेत सामेल गरेर सुर्खेतबाट विभिन्न दुर्गम जिल्लामा नियमित उडान गर्न सकिनेछ। छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले टुइनेटर जहाजको कमीका कारण दुर्गम जिल्लामा सेवा विस्तार गर्न नसकिएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “सम्बन्धित निकायसँग प्राविधिक छलफल गरेर मात्र सुर्खेतलाई आधार बनाएर उडान सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने टुङ्गोमा पुग्नेछौँ।” उहाँका अनुसार हाल देखिएको टुइनेटर विमानको कमी समाधान गर्न मन्त्रालयले सातै प्रदेशका लागि सातवटा टुइनेटर जहाज खरिद गर्ने प्रस्ताव विषयगत समितिमा अघि सारेको छ।

पारदर्शी मोडेलमार्फत नयाँ विमान खरिद गरी निजी क्षेत्रसँग सहकार्यमा सेवा विस्तार गर्ने विश्वास व्यक्त गर्दै मन्त्री पाण्डेले भन्नुभयो, “नेपाल एयरलाइन्सका दुईवटा टुइनेटर जहाजका आधारमा मात्र समस्या समाधान हुँदैन। दीर्घकालीन सोचका साथ नयाँ विमान थप्नै पर्छ।” मन्त्री पाण्डेले मुलुकभर ५३ वटा विमानस्थल रहे पनि अहिले सीमित सङ्ख्यामा मात्रै जहाज सञ्चालन भइरहेको तथ्य औँल्याउँदै भन्नुभयो, “हाम्रो देशमा ५३ वटा विमानस्थल छन्, तर टुइनेटर विमानको सङ्ख्या घट्दै गएको छ। यसरी विमान घट्दै गएमा दुर्गम क्षेत्रका नागरिकहरूको जीवन झनै कठिन हुन्छ। हुम्ला र लुक्ला बाहेक अरू धेरै विमानस्थल प्रायः निष्क्रिय बनेका छन्।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार