कार्तिक २५, २०८३ बुधबार November 11, 2026

कवाड व्यवसायीको ५ बुँदे माग, काठमाडौं महानगरविरुद्ध निर्णायक आन्दोलन घोषणा

काठमाण्डौं मेयरले व्यवसायीलाई हटाउन १५ करोड रुपैयाँ टोकन मनी मागेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, ९ भदौ । कवाड व्यवसायी समाज नेपालले विभिन्न ५ बुँदे माग राख्दै आन्दोलन थालेका छन् । सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका हुन् ।

उनहरुले संविधानले दिएको पेशा–व्यवसायको अधिकारको ग्यारेन्टी गर्नुपर्ने, काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती तथा संरचना भत्काउने कार्य तत्काल रोकिनुपर्ने र संलग्न महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने माग राखेका छन् । साथै व्यवसायी, संकलक तथा मजदुरको जिउधनको सुरक्षा सुनिश्चित गर्न सरकार हस्तक्षेप गर्नुपर्ने र विगत दुई वर्षमा महानगरले पुर्‍याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने मागसमेत उनीहरुको छ ।

पत्रकार सम्मेलनमा व्यवसायी ओमप्रकाश सिंहले अब आन्दोलनबाट पछि नहट्ने भन्दै मेयर बालेन साहलाई प्रत्यक्ष चुनौती दिए । संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले मेयरले व्यवसायीलाई हटाउन १५ करोड रुपैयाँ टोकन मनी मागेको आरोपसमेत लगाए ।

यस्तै, व्यवसायीहरुले मेयर बालेन साह र महानगर प्रहरी प्रमुख राजु पाण्डेविरुद्ध कठोर भाषा प्रयोग गर्दै आफूहरुको पेशा–व्यवसाय र अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेकाले निर्णायक संघर्ष गर्ने चेतावनी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार