कार्तिक २५, २०८३ बुधबार November 11, 2026

सामान्य प्रशासनमन्त्री न्यौपाने र कार्यवाहक स्वीस राजदूत माइयरबीच भेटवार्ता

स्वीस सरकार, युरोपेली संघ लगायतका विकास साझेदारहरूको निरन्तर सहयोग र प्रतिबद्धताप्रति दिइन् धन्यवाद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने र स्वीस राजदूतावासका विकास सहायतातर्फका प्रमुख तथा नेपालका लागि स्वीट्जरल्याण्डका कार्यवाहक राजदूत मथियास माइयरबीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ।

उक्त भेटमा मन्त्री न्यौपानेले सन् १९५६ देखि नेपाल–स्वीट्जरल्याण्डबीच कायम रहँदै आएको सौहार्दपूर्ण सम्बन्धप्रति खुशी व्यक्त गर्दै नेपालको आर्थिक–सामाजिक विकासमा स्वीस विकास सहायता (क्म्ऋ) ले पु¥याएको योगदानको उच्च प्रशंसा गरे।

मन्त्री न्यौपानेले कोशी र बागमती प्रदेशका नगरपालिकाहरूको आन्तरिक राजस्व अभिवृद्धि गर्न स्विस सरकार र अर्थ मन्त्रालयको सहकार्यमा परियोजना दस्तावेज तयार भइरहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै, यस कार्यक्रम नेपालका स्थानीय तहलाई सबल बनाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन्।

मन्त्री न्यौपानेले भनिन् ‘यस सम्बन्धमा चाँडै द्विपक्षीय सम्झौता सम्पन्न भई कार्यक्रम कार्यान्वयनमा जाने मन्त्री न्यौपानेले आशा गर्दछु।’

प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम दोस्रो चरणमा प्रविष्ट भएको सन्दर्भमा मन्त्री न्यौपानेले यसलाई खुशीको विषयका रूपमा व्याख्या गर्दै पहिलो चरणको अनुभव र सिकाईका आधारमा दोस्रो चरण अझ प्रभावकारी हुने बताए।

उक्त अवसरमा मन्त्री न्यौपानेले स्वीस सरकार, युरोपेली संघ लगायतका विकास साझेदारहरूको निरन्तर सहयोग र प्रतिबद्धताप्रति धन्यवादसमेत ज्ञापन गरे।

मन्त्री न्यौपानेले नेपाल–स्वीट्जरल्याण्ड सम्बन्धलाई थप प्रगाढ बनाउन आफू सधैं तत्पर रहने उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धित कुनै पनि विषयमा भेटघाट, सहजीकरण र समन्वयका लागि खुला रहने प्रतिबद्धता जनाए।

सो अवसरमा कार्यवाहक राजदूत माइयरले मन्त्री न्यौपानेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मन्त्रालयसँग भएको निरन्तर सहकार्यप्रति आभार प्रकट गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार