काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशमा शिक्षा र स्वास्थ्य क्षेत्रसम्बन्धी प्रभावकारी कानून बन्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन्।
बिहीबार शुभम इन्टरनेशनल हस्पिटल प्रालिको समुद्घाटन कार्यक्रममा बोल्दै उनले शिक्षित र स्वस्थ नागरिक नै राष्ट्रको मूल आधार हुने बताउँदै वर्तमान अवस्थामा आवश्यक कानूनी संरचना नबनिएको टिप्पणी गरे।
उनका अनुसार, “विद्वान र शिक्षाविद्हरूले निरन्तर भनिरहेका छन्, राम्रो कानून आइरहेको छैन। जुन देशले शिक्षित र स्वस्थ नागरिक उत्पादन गर्न सक्दैन, त्यो देश बन्न सक्दैन। शिक्षा नै मुलुक निर्माण गर्ने आधार हो।”
पूर्वराष्ट्रपति यादवले शिक्षित र स्वस्थ जनशक्ति संसारकै शक्तिशाली शक्ति भएको उल्लेख गर्दै यसलाई राष्ट्रकै ठूलो पूँजीका रूपमा उपयोग गर्नुपर्ने धारणा राखे।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया