कार्तिक २५, २०८३ बुधबार November 11, 2026

मनाङमा प्रदेशसभा–२ को उपनिर्वाचन कात्तिक १७ गते हुने

पनिर्वाचन प्रयोजनका लागि अद्यावधिक भएको मतदाता नामावली मिति २०८२ भदौ २५ मा प्रकाशन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, भदौ १३ गते । गण्डकी प्रदेशसभाको मनाङ प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेशसभा क्षेत्र नं. २ मा उपनिर्वाचन मिति तोकिएको छ। निर्वाचन आयोगले शुक्रबार बसेको बैठकले सो क्षेत्रमा मिति २०८२ कात्तिक १७ गते सोमबारका दिन उपनिर्वाचन गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालत, संवैधानिक इजलासको फैसला अनुसार प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) अयोग्य ठहर भई मिति २०८१ कात्तिक २० गतेदेखि पद रिक्त भएको थियो।

नेपालको संविधानको धारा १७६ (८) अनुसार प्रदेशसभाको कार्यकालमा ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदा रिक्त स्थान उपनिर्वाचनमार्फत पूर्ति गर्नुपर्ने प्रावधानअनुसार आयोगले निर्वाचन मिति तोकेको हो।

यसअघि रूपन्देही क्षेत्र नं. ३ को प्रतिनिधि सभा उपनिर्वाचन मिति २०८२ असोज १६ तोकिएकोमा त्यही उपनिर्वाचन प्रयोजनका लागि अद्यावधिक भएको मतदाता नामावली मिति २०८२ भदौ २५ मा प्रकाशन हुने र सोही नामावली मनाङको उपनिर्वाचनमा पनि प्रयोग गरिने आयोगले जनाएको छ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईमा अनुसार, मतदाताको उमेर १८ वर्ष पूरा भएको कट–अफ मिति २०८२ कात्तिक १६ तोकिएको छ। निर्वाचन आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सरोकारवालाहरूलाई सहयोगका लागि आग्रह गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार