कार्तिक २५, २०८३ बुधबार November 11, 2026

प्रदेश प्रमुख मियाँद्वारा गौरापर्वको शुभकामना

पर्वले नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा मिल्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

अत्तरिया (कैलाली), १५ भदौ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले गौरापर्वले सम्पूर्ण नेपालीबीच भावनात्मक एकता र आपसी भाइचारा अभिवृद्धि गर्ने बताउनुभएको छ ।

गौरापर्व २०८२ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस पर्वले नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा मिल्ने बताउनुभयो ।

उहाँले गौरापर्वले नेपालको मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा विकासमा टेवा पुर्याइरहेको बताउनुभएको छ । उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “गौराले आपसी प्रेम र सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।” घरपरिवारबाट टाढा रहेका आफन्तहरूसमेत गौरापर्व मनाउन घर फर्किने भएकाले यस पर्वले पारिवारिक मिलनमा पनि विशेष महत्व राख्ने शुभकामना सन्देशमा उल्लेख छ ।

सुदूरपश्चिमवासीको मौलिक एवं सांस्कृतिक पर्व गौराको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार