कार्तिक २५, २०८३ बुधबार November 11, 2026

प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेश

प्रदेशभरका कारागारहरूमा कैदी–बन्दी सङ्ख्या ३,२१६ पुगेको छ भने क्षमताभन्दा अत्यधिक भएको विवरण प्रतिवेदनमा उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवाका शर्तसम्बन्धी ऐन, २०७५ बमोजिम कार्यालयले हरेक वर्ष प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

सोही व्यवस्था बमोजिम मुख्यन्यायधिवक्ता शुकदेव काफ्लेले मङ्गलवार प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेश गर्नु भएको हो । प्रतिवेदन ग्रहण गर्नु हुँदै प्रदेश प्रमुख देवकोटाले आफ्नो तर्फबाट सहजीकरण हुने बताउनुभयो । कार्यक्रममा मुख्यन्यायधिवक्ता काफ्लेले बागमती प्रदेशमा रहेको कारागारहरूमा सबैभन्दा समस्या रहेको टिप्पणी गर्नुभयो ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/०८२ मा प्रदेशभरका जिल्ला अदालत, विशेष अदालत र उच्च अदालतहरूमा दर्ता भएका मुद्दा तथा फौजदारी-राजस्व सम्बन्धी विवरणमा पनि चुनौतीपूर्ण अवस्था देखिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ७१६ मुद्दा दर्ता र ५२८ मुद्दा फर्छ्योट भई १८८ मुद्दा अझै बाँकी रहेका प्रतिवेदनमा उल्लेख छ । दर्ता भएका मुद्दामध्ये सर्वाधिक १६६ राजस्वसम्बन्धी र १०४ फौजदारी मुद्दा रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, प्रदेशभरका कारागारहरूमा कैदी–बन्दी सङ्ख्या ३,२१६ पुगेको छ भने क्षमताभन्दा अत्यधिक भएको विवरण प्रतिवेदनमा उल्लेख गरिएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालयले आगामी वर्षमा मुद्दा फर्छ्योट दर वृद्धि गर्ने, कारागारको क्षमता अभिवृद्धि गर्न पहल गर्ने र मानव अधिकार प्रत्याभूति हुने वातावरण बनाउन प्रदेश सरकारसँग समन्वय गर्ने प्रतिबद्धता जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार