कार्तिक २५, २०८३ बुधबार November 11, 2026

नेपाल नागरिकता विधेयकले आमाको पनि वंश कायम हुन्छ : गृहमन्त्री लेखक

नागरिकता प्राप्त गर्नु अगावै मृत्यु भएको वा सम्पर्कविहीन रहेको व्यक्तिको सन्तानले अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमा पनि वंश हो भन्ने कुरा कायम हुने बताएका छन् ।

कानून निर्माणको चरण पार गर्दै बुधबार प्रतिनिधि सभा बैठकमा प्रस्तुत भएको नागरिकता विधेयकका सम्बन्धमा गृहमन्त्री लेखकले विधेयकले आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेको अवस्था रहेको बताउँदै बाबुको पहिचान नभएको अवस्थामा आमाकै नामबाट नागरिकता दिन सकिने विधेयको आधारभूत तत्व रहेको बताए ।

उनले भने, ‘विधेयकले आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेको अवस्था छ । हामीले यो ऐतिहासिक प्रस्थान गरेका छौं । आमा पनि वंश हो । आमाबाट पनि वंश कायम हुन्छ । आमाकै नागरिकता आधारमा सन्तानले नागरिकता गर्छ भन्ने कुरालाई सुनिश्चित गरिएको छ । बुवाको पहिचान नभएको अवस्थामा आमाकै नामबाट नागरिकता दिन सकिने विधेयको आधारभूत तत्व हो ।’

बुवा भएको आधार पुष्टि गर्न नसकेको पनि बुवाहरूको नाम जन्मदर्ता, शैक्षिक योग्यता प्रमाणपत्रमा उल्लेख हुँदा ती नेपाली नागरिक आमाका सन्तानहरूका हकमा बुवाको पहिचान नभएको मानी नेपाली आमाको नागरिकताको आधारमा नेपाली नागरिकता प्राप्त सक्ने गृहमन्त्री लेखकको भनाइ छ ।

उनका अनुसार नेपालको अन्तरिम संविधान बमोजिम बुवा वा आमामध्ये कुनै एकले जन्मका आधारमा नागरिकता प्राप्त गरेको र अर्कोको नागरिकता प्राप्त गर्नु अगावै मृत्यु भएको वा सम्पर्कविहीन रहेको व्यक्तिको सन्तानले अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।

नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गर्नुका साथै विदेशको नागरिकता वा राहदानी नलिएको र बुवाको पहिचान नभएको व्यक्तिले अङ्गिकृत नेपाली नागरिकता प्राप्त गर्न सक्ने गृहमन्त्री लेखकले बताए ।

विधेयकमा १६ वर्ष उमेर पूरा नभएको र बुवा वा आमामध्ये कम्तीमा १ जना नेपाली नागरिक रहेको नाबालकलाई वैदेशिक यात्रामा सहजीकरण गर्न नाबालक परिचयपत्र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

विधेयक पारित अदालतहरूबाट विभिन्न समयमा जारी भएका परमादेशहरूको कार्यान्वयन हुनका साथै सम्मानित अदालतबाट दिइएका आदेशहरूको कार्यान्वयनमा एकरूपता कायम हुने गृहमन्त्री लेखकले बताए ।

उनले भने, ‘संविधानको भावना बमोजिम कुनै पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित हुने छैन । नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानहरूले आमाको नामबाट नागरिकता प्राप्त गर्ने गरी संवैधानिक व्यवस्थाको पूर्ण रूपमा कार्यान्वयन हुनेछ भने आमा वा बुवाले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानहरूले अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।’

विद्यमान समयमा बदलिँदो सामाजिक परिवेश अनुसार पहिचानविहीन भएर बस्नुपरेको वैदेशिक रोजगारमा गएका नेपाली महिलाहरूका सन्तानहरू नागरिकताविहीन भइरहेको अवस्थामा अङ्गिकृत नागरिकता प्राप्त गर्न सक्ने उनको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार