कार्तिक २५, २०८३ बुधबार November 11, 2026

उपत्यकामा निषेधाज्ञा खुकुलो, राति कर्फ्यु जारी रहने

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूलाई आफ्नो टिकट देखाएर विमानस्थलसम्म जान अनुमति हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं, २५ भदौ । नेपाली सेनाले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्युको अवस्थाबारे पछिल्लो सुरक्षा मूल्याङ्कन गर्दै केही खुकुलो व्यवस्था मिलाएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा विगत केही दिनयता जारी कडा सुरक्षा व्यवस्थामध्ये जनजीवनलाई सहज बनाउनका लागि आवश्यक यातायात र सेवामा छूट दिइएको हो।

सेनाले जनधनको सुरक्षा सुनिश्चित गर्न कर्फ्यु लागू गरिएको तर दैनिक जीवनका अत्यावश्यक सेवामा भने सहजता दिलाउन अपवादस्वरूप अनुमति दिएको स्पष्ट पारेको छ। अबदेखि एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ढुवानी गर्ने सवारीसाधन निर्बाध सञ्चालन गर्न सक्नेछन्।

त्यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानका कर्मचारीहरूले आफ्नो परिचयपत्र देखाएर कार्यालयसम्म आवतजावत गर्न सक्ने व्यवस्था गरिएको छ। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूलाई आफ्नो टिकट देखाएर विमानस्थलसम्म जान अनुमति हुनेछ।

काठमाडौं उपत्यका बाहिर भने त्यहाँको सुरक्षास्थितिअनुसार कस्तो कदम चाल्ने भन्ने निर्णय सम्बन्धित जिल्ला सुरक्षा समितिहरूले गर्नेछन्। सेनाले देशभर सुरक्षाकर्मीहरू नागरिकको जीवन रक्षा, उद्धार तथा शान्ति–सुरक्षामा निरन्तर सक्रिय रहेको भन्दै सबै पक्षलाई सहयोग र समन्वय गर्न अपिल गरेको छ।

यसैबीच, सेनाले वर्तमान संवेदनशील परिस्थितिमा अफवाह नफैलाउन, भड्काउने गतिविधिमा सहभागी नहुन र सामाजिक सद्भावलाई जोगाउन सबै नागरिकलाई सचेत रहन आग्रह गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार