कार्तिक २५, २०८३ बुधबार November 11, 2026

जेनजी आन्दोलनकारीबाट मारिएका प्रहरीलाई १० लाख रुपियाँ उपलब्ध गराउने

आईजीपीदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही १० लाख रुपियाँ उपब्ध गराइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली प्रहरीले आन्दोलनका क्रममा कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई १० लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालका प्रहरी नायव महानिरीक्षक (डीआईजी) एवम् केन्द्रीय प्रवक्ता विनोद घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार प्रहरी महानिरीक्षक (आईजीपी)देखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही १० लाख रुपियाँ उपब्ध गराइनेछ ।

विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८२ भदौ २३ र २४ गते आन्दोलनका क्रममा कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई नेपाल प्रहरीमा कार्यरत प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षक (ईन्स्पेक्टर)सम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही रु. १० लाख उपलबध गराउने निर्णय भएको व्यहोरा अनुरोध छ ।’

जेनजी आन्दोलन नाममा प्रहरी कर्मचारीहरूलाई कार्यालयभित्र थुनेर जलाउने, कुटपिट गरेर हत्या गर्ने, बागमती नदीमा पानीमा डुबाएर हत्या गर्ने लगायतका गतिविधि भएका छन् । सुरक्षाका निमित्त खटिएका प्रहरी कर्मचारीहरूलाई आन्दोलनकारीबाट निर्मम तरिकाले यातना दिइर हत्या गर्ने र कुटपिट गरी गम्भीर घाइते बनाउने कार्य भएका छन् । साथै प्रहरी कर्मचारीहरूका लत्ताकपडा, हतियार लगायतका सामग्री समेत लुटपाट भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार