काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
बिहीबार प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ८ सय रुपैयाँले बढे २ लाख १६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला २५२० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर २५८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया