श्रावण ३, २०८२ शनिबार July 19, 2025

राष्ट्रियसभामा बामदेव गौतम ईन, युवराज खतिवडा आउट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त पदमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

विहिबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

अर्थ एवं सञ्चारमन्त्री समेत रहेका डा. युवराज खतिवडाको राष्ट्रिय सभामा दुई वर्षे कार्यकाल सकिएपछि राष्ट्रपतिद्वारा मनोनित गरिने एक कोटा रिक्त रहेको थियो। राष्ट्रियसभामा गौतमलाई पठाएपछि अर्थमन्त्री युवराज खतिवडा भदौ २० गतेदेखी पदमुक्त हुने भएका छन्

गौतम प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा बर्दियामा कांग्रेसका संजय गौतमसँग पराजित भएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया