काठमाण्डाैंः ललितपुरमा ट्राफिक प्रहरीमाथी कुटपीट गर्ने ९ जना पक्राउ परेका छन् ।
रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपका क्रममा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि युवाहरुको समुहले निर्घात कुटपिट गरेको थियो । कुटपिटमा संलग्न रहेकाहरुलाइ पक्राउ गरिएको प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारि दिए ।
पक्राउ पर्नेमा ४० बर्षिय महेश बज्राचाय, ३९ बर्षिय बिन्दु महर्जन, ३८ बर्षिय अशोज कुमार महर्जन, ३६ बर्षिय रवि शाक्य, ४० बर्षिय रविन शाक्य, ४३ बर्षिय सुविन शाक्य, ४७ बर्षिय ध्रुवराज बज्राचार्य, ३२ बर्षिय श्याम श्रेष्ठ र ४० बर्षिय यादवलाल कायस्थ रहेका छन् ।
पक्राउ परेका व्यक्तिविरुद्ध अभद्र व्यवहारको कसूर अन्तरगत मुद्दा चलाउने तयारी गरिएको जनाइएको छ । पक्राउ परेका व्यक्तिलाई अहिले क्वारेन्टिनमा राखिएको छ । उनीहरुको पिसीआर जाँच गरेर कानुनी कारबाही अघि बढाइएने एसएसपी राईले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया