श्रावण १, २०८२ बिहिबार July 17, 2025

भदौभित्र मन्त्रिपरिषद् पुनर्गठन, वामदेवको रोजाईं अर्थ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेकपामा विवाद समाधानका लागि गठित कार्यदलले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस गरेको छ । त्यसैअनुसार दुई अध्यक्ष ओली र प्रचण्ड भदौमसान्तभित्र मन्त्रिपरिषद् पुनर्गठनका लागि तयार भएका छन् ।

‘सम्भवत यही महिनाभित्र मन्त्रिपरिषद् पुनगर्ठन हुन्छ ।’ सचिवालयका एक नेताले बताए । राष्ट्रियसभा सदस्यसँगै नेता गौतमले उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मेवारी लिने चाहना राखेका छन् ।

गौतम निकट एक नेता भन्छन्, ‘उहाँ सरकारमा गए अर्थमै जानुहुन्छ, नत्र जानुहुन्न ।’ स्रोतले बताएअनुसार गौतम सांसद हुनका लागि मात्रै राष्ट्रियसभामा प्रवेश गरेका होइनन्, उनी राम्रो मन्त्रालय जिम्मा लिने दाउमा छन् ।

गौतमले प्रधानमन्त्री ओलीसामु स्वतन्त्र हैसियतको शक्तिशाली विकास निर्माण प्राधिकरणको प्रमुख हुने चाहना पनि व्यक्त गरेका थिए । प्राधिकरण गठनका लागि आफूले प्रस्ताव बुझाए पनि बेवास्ता गरिएको भन्दै गौतम प्रधानमन्त्री ओलीसँग रुष्ट बनेका थिए ।

तर, अव सरकारमा गएर प्रभावकारी काम गर्ने गौतमले इच्छा व्यक्त गरेका छन् । खतिवडालाई आर्थिक सल्लाहकार वा महत्वपूर्ण मुलुकको राजदूतमा व्यबस्थापन गर्ने निष्कर्षमा प्रधानमन्त्री ओली पुगेका छन् । गौतम उपप्रधानमन्त्री भए उपप्रधानमन्त्री एवं रक्षामन्त्री इंश्वर पोखरेलको पद धरापमा पर्नेछ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार