कार्तिक २५, २०८३ बुधबार November 11, 2026

आरजु राणाका भाइ भूषणको घरमा प्रहरीको छापा

सीआईबीबाट खटिएको टोलीले जावलाखेलमा रहेको राणाको घरमा खानतलासी लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, १२ असोज । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाको भाइ भूषण राणाको घरमा रेड हानेको छ । आज साँझ सीआईबीबाट खटिएको टोलीले जावलाखेलमा रहेको राणाको घरमा खानतलासी गरेको हो ।

सीआईबीको प्रमुखमा एआईजी डा. मनोज केसीले जिम्मेवारी थालेपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा नयाँ शीराबाट अनुसन्धान थालिएको चर्चा छ । आरजु मन्त्री हुँदा कतिपय डिलमा भाइ भूषणलाई संलग्न गराएकोको सूचनाको आधारमा आज सीआईबीको टोलीले उनको घरमा छापा हानेको हो ।

जेन-जी आन्दोलनकारीको आगजनी र तोडफोडपछि घरवारविहीन भएका देउवा दम्पत्ति उनै भूषणको घरमा बस्ने चर्चा थियो । तर, सुरक्षाको दृष्टिकोणले उनीहरु जावालाखेलमा नबसेर झम्सिखेलमा बसेको बताईन्छ । योबीचमा देउवा दम्पत्तिले तत्कालै थाइल्याण्ड जानेगरि नयाँ पासपोर्ट लिएको तथ्य बाहिरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार