कार्तिक २५, २०८३ बुधबार November 11, 2026

राष्ट्र बैंकद्धारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

अमेरिकी डलरको खरिददर १४१.६१ रुपैयाँ र बिक्रीदर १४२.२१ रुपैयाँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (असोज १७ गते, शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

आजको दरअनुसार अमेरिकी डलरको खरिददर १४१.६१ रुपैयाँ र बिक्रीदर १४२.२१ रुपैयाँ रहेको छ। यस्तै, युरो १६६.४२ रुपैयाँमा किन्न पाइने र १६७.१३ रुपैयाँमा बेचिने तोकिएको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर १९०.८२ रुपैयाँ र बिक्रीदर १९१.६३ रुपैयाँ छ।

साउदी रियाल ३७.७६ रुपैयाँमा खरिद र ३७.९२ रुपैयाँमा बिक्री हुने छ भने कतारी रियाल ३८.८५ रुपैयाँमा खरिद र ३९.०२ रुपैयाँमा बिक्री हुने राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी, स्विस फ्राँकको खरिददर १७७.९४ रुपैयाँ र बिक्रीदर १७८.६९ रुपैयाँ छ। अस्ट्रेलियन डलर ९३.५७ मा खरिद र ९३.९७ मा बिक्री, क्यानाडियन डलर १०१.५६ मा खरिद र १०१.९९ मा बिक्री हुने छ।
सिंगापुर डलर ११०.०४ मा खरिद र ११०.५० मा बिक्री, चिनियाँ युआन १९.८९ मा खरिद र १९.९७ मा बिक्री, थाई भाट ४.३८ मा खरिद र ४.४० मा बिक्री हुने व्यवस्था गरिएको छ।

यसरी नै जापानी येन (१० येन) ९.६५ मा खरिद र ९.७० मा बिक्री, कोरियन वन (१०० वन) १०.१० मा खरिद र १०.१४ मा बिक्री हुने राष्ट्र बैंकले जनाएको छ।

यसबाहेक, कुवेती दिनार ४६३.२३ रुपैयाँमा खरिद र ४६५.१९ रुपैयाँमा बिक्री हुने छ भने बहराइन दिनार ३७५.६२ रुपैयाँमा खरिद र ३७७.२१ रुपैयाँमा बिक्री हुने जनाएको छ। ओमानी रियाल पनि ३६७.८० मा खरिद र ३६९.३६ रुपैयाँमा बिक्री हुने विनिमयदर तोकिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार
काठमाडौं उपत्यकामा ५१२ ट्राफिक नियम उल्लंघनकर्ता कारबाहीमा
२०८३ कार्तिक २५, बुधबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र हिमपातको पूर्वानुमान
२०८३ कार्तिक २५, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २५, बुधबार
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
२०८३ कार्तिक २४, मंगलबार
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
२०८३ कार्तिक २४, मंगलबार
वनमन्त्री चौधरी टर्किए प्रस्थान
२०८३ कार्तिक २४, मंगलबार