कार्तिक २५, २०८३ बुधबार November 11, 2026

काठमाडौंमा सोमबारको सार्वजनिक बिदा खारेज, सबै कार्यालय बिहान १० बजेदेखि खुल्ने

काठमाडौंका सबै सरकारी कार्यालय, स्थानीय तह र सार्वजनिक संस्थानहरू आजदेखि नियमित रूपमा सञ्चालनमा आउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (सोमबार) का लागि दिइएको सार्वजनिक बिदा खारेज गरेको छ । लगातारको वर्षाका कारण दुई दिनका लागि बन्द गरिएको कार्यालयहरू अब बिहान १० बजेदेखि सञ्चालनमा आउने भएका छन् ।

प्रशासनले आइतबार राति जारी गरेको सूचनामा मौसममा सुधार भएसँगै अब जोखिम टरेको भन्दै सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरूमा सेवा प्रवाह पुनः सुरु गर्न निर्देशन दिएको हो ।

सूचनामा भनिएको छ, “मौसममा सुधार भई जोखिमको अवस्था टरीसकेको हुँदा असोज २० गते सोमबार बिहान १० बजेबाट कार्यालय समयसम्म सबै प्रकारका सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरूमा सेवा प्रवाह हुने गरी सञ्चालन गर्न अनुरोध गरिएको छ।”

यसअघि, लगातारको वर्षाले काठमाडौंका प्रवेशमार्गहरू अवरुद्ध हुँदा उद्धार र राहत कार्यमा सहजता ल्याउन असोज १९ र २० गतेका लागि सार्वजनिक बिदा घोषणा गरिएको थियो ।

तर, गृह मन्त्रालयले आइतबार साँझ विपद् जोखिम र प्रतिकार्य कार्यमा प्रत्यक्ष संलग्न नभएका जिल्लाहरूमा सार्वजनिक सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएपछि काठमाडौं प्रशासनले सोमबारकै लागि बिदा खारेज गरेको हो ।

यससँगै काठमाडौंका सबै सरकारी कार्यालय, स्थानीय तह र सार्वजनिक संस्थानहरू आजदेखि नियमित रूपमा सञ्चालनमा आउने भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार