कार्तिक २५, २०८३ बुधबार November 11, 2026

प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका स्वीकृत, मंसिर १ देखि १० सम्म दल दर्ता

फागुन ३ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रसारप्रसार गर्न पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ताको कार्यक्रम रहेको छ। माघ २ गतेदेििख निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ।

त्यस्तै फागुन ३ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रसारप्रसार हुने र तत्पश्चात प्रचारप्रसार निषेधको अवधि रहनेछ। फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने कार्यतालिका छ।

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ र १९ मा बन्दसूची पेस गर्ने कार्यक्रम छ।

निर्वाचनमा आयोगमा दर्ता भएका दलहरुले मात्र भाग लिन पाउने भएकाले कात्तिक ३० गते अगावै दल दर्ताको प्रमाणपत्र लिइसक्न पनि आयोगले जानकारी गराएको छ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपतिबाट संसद् विघटन भएपछि फागुन २१ गते निर्वाचनको मिति तोकिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार