कार्तिक २५, २०८३ बुधबार November 11, 2026

सञ्चार मन्त्री र संयुक्त राष्ट्रसङ्घका उच्च प्रतिनिधिबीच भेटवार्ता

प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल सरकारप्रति संयुक्त राष्ट्रसङ्घले पु¥याउँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संयुक्त राष्ट्रसङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा संयुक्त राष्ट्रसङ्घकी नेपालका आवासीय संयोजक हाना सिङ्गर, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि क्योको योकोसुका, र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का प्रतिनिधि जाको डु ट्युइट सहभागी हुनुहुन्थ्यो ।

मन्त्री खरेलले प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल सरकारप्रति संयुक्त राष्ट्रसङ्घले पु¥याउँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले बनेको सरकार सबै पक्ष, क्षेत्र र वर्गको अनुमोदन प्राप्त सरकार हो ।

आगामी फागुन २१ गते तोकिएको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक गृहकार्य सुरु भइसकेको छ । घोषित निर्वाचन सफल बनाउनका लागि संयुक्त राष्ट्रसङ्घलगायत विकास साझेदारहरूको सकारात्मक सहयोगको अपेक्षा सरकारले गरेको छ ।”

मन्त्री खरेलले विपद् व्यवस्थापनमा संयुक्त राष्ट्रसङ्घका निकायले पुर्याएको सहयोगको उच्च प्रशंसा गर्नुभयो । साथै, डिजिटल रूपान्तरण, मिडिया साक्षरता प्रवर्द्धन र सुशासन सुधारका क्षेत्रमा नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमबीच सहकार्य गर्ने विषयमा विस्तृत छलफल भएको छ ।

त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक हाना सिङ्गरले हालै नेपाल सरकारले विपद् व्यवस्थापनमा देखाएको तत्परता र नेतृत्वको प्रशंसा गर्दै भन्नुभयो, “नेपाल सरकारले सङ्कटको समयमा देखाएको संयम र समन्वय प्रशंसनीय छ । हामी तोकिएकै समयमा हुने निर्वाचनलाई निष्पक्ष र सफल बनाउन आफ्ना तर्फबाट सकारात्मक सहयोग पु¥याउन प्रतिबद्ध छौँ ।” युएनडिपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले पनि नेपाल सरकारसँगको सहकार्यलाई अझ सुदृढ बनाउने इच्छा व्यक्त गर्दै भन्नुभयो, “डिजिटल रूपान्तरण र मिडिया साक्षरताको क्षेत्रमा नेपालसँगको साझेदारीलाई अझ सशक्त बनाउन हामी इच्छुक छौँ ।” यूनेस्कोका प्रतिनिधि जाको डु ट्युइटले सञ्चार र शिक्षा क्षेत्रलाई सुदृढ बनाउन नेपालसँगको सहकार्य निरन्तर जारी रहने बताउनुभयो । भेटवार्ता आपसी समझदारी, साझेदारी र सहयोगको वातावरणमा सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार