कार्तिक २५, २०८३ बुधबार November 11, 2026

मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने

मधेश प्रदेशमा सत्ता संकट: मुख्यमन्त्री सिंहको मत परीक्षण आज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज (असोज २८ गते) प्रदेश सभा बैठकमार्फत विश्वासको मत लिन लाग्नुभएकाे छ। विश्वासको मतको प्रक्रिया आज दिउँसो १ बजे सुरु हुने मधेश प्रदेश सभाको बैठकमा अघि बढाइनेछ।

गत शुक्रबार मुख्यमन्त्री सिंहले प्रदेश सभाका सभामुखलाई पत्र लेख्दै विश्वासको मत लिनका लागि आवश्यक वातावरण तयार गरिदिन अनुरोध गर्नुभएकाे थियाे। सो अनुरोधअनुसार सभाका सचिव वासुप्रसाद कोइरालाले आजको बैठक बोलाइएको जानकारी दिनुभएकाे छ ।

मुख्यमन्त्री सिंहले भदौ २३ र २४ गते जेनजी आन्दोलन चर्किएको बेला फेसबुकमार्फत राजीनामा घोषणा गर्नुभएकाे थियाे । उहाँले त्यसबेला ‘विषम परिस्थितिमा जनधनको क्षति नहोस्’ भन्ने हेतुले उक्त निर्णय लिएको बताउनुभएकाे थियाे। तर, पछि अन्तरिम सरकार गठनपछि उहाँले आफ्नो भनाइ फेर्नुभएकाे थियाे।

यसैबीच, सिंहको पार्टी जनमतले भदौ ३१ गते प्रदेश सभाका सभामुखलाई पत्र बुझाउँदै मुख्यमन्त्रीसहित सरकारबाट समर्थन फिर्ता लिएको घोषणा गरिसकेको छ। संविधानअनुसार समर्थन फिर्ता गरिएको मितिबाट ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार सिंहले आज विश्वासको मत लिन लाग्नुभएकाे हाे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार
राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका
२०८३ कार्तिक २५, बुधबार