काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहको राजीनामा स्वीकृत गरेकी हुन् ।
प्रदेश प्रमुख भण्डारीसमक्ष मुख्यमन्त्री सिंहले दिएको राजीनामा स्वीकृत भएको निमित्त सचिव शत्रुधन यादवले बताए ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा १६९ उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको व्यहोरा जानकारीको अनुरोध छ ।”
आफ्नै पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सिंहले मंगलबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया