असार ५, २०८३ शुक्रबार June 19, 2026

कोरोना भाईरसको कारणले कोही पनि विद्यार्थीको शैक्षिक सत्र नबिग्रियोस् : मन्त्री पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अब हाम्रा देशका विद्यार्थीहरू कसरी पढ्ने ? अहिले लकडाउन, निषेधाज्ञा छ । कोरोनाको संक्रमण छ । उनीहरू घरमा बसिरहेका छन्, पढ्न पाएका छैनन् । सरकारको तयारी के छ ? 

हामी सबै कोभिड–१९ को महाविपत्तिमा छौँ । यो नेपालको मात्र होइन, विश्वको समस्या हो भनेर हामी सबैले हेर्नुपर्छ । परम्परागत ढंगले पठनपाठनको जुन पद्धति छ, विद्यार्थीहरू स्कुलमा जाने, शिक्षकहरूले गएर पठनपाठन गर्ने, यो पद्धति विपत्तिको बेलामा सम्भव छैन । यसले हामीलाई पहिलो शिक्षा दियो । सबै विद्यार्थीहरूले घरलाई नै शिक्षालय बनाएर अगाडि बढ्नुपर्ने हुन्छ । त्यसो हुनाले यो कोभिडले सबैलाई स्वयम् सिक्ने प्रक्रियालाई पल्लवित गरेको छ । यो बेलामा हामीले हामीसँग भएका पाठ्यपुस्तकहरू, हामीसँग भएको सहयोगी सामग्रीहरूलाई पहिलो आधार बनाउनुपर्छ । प्रत्येक दिन रेडियो र एफ.एमबाट चलिरहेका जो विषयहरू छन्, तिनीहरूलाई सुन्नुपर्दछ । टेलिभिजनबाट पनि कैयौँ शिक्षाका कार्यक्रमहरू प्रसारण भईरहेका छन् । कति कक्षा हो, कुन विषय हो, अहिले अनलाईन सुविधा छ, जहाँ ईन्टरनेटको सुविधा छ, जहाँ कनेक्टिभिटी छ, त्यहाँनिर त्यो अनलाईन पद्धतिबाट सिक्न सकिन्छ । घरलाई शिक्षालय बनाउने, घरमा अभिभावक र शिक्षकहरूको सहयोग लिने, आफुले सिक्ने प्रक्रियालाई अगाडि बढाउने, अहिले विपत्तिको बेलामा वैकल्पिक पद्धतिबाट पाठ्यक्रममा आधारित भएको न्युनतम सिकाइलाई सुनिश्चित गर्नु यतिखेरको आवश्यकता हो ।

तपाँईले हिजो एउटा निर्णय सार्वजनिक गर्नुभएको छ, त्यो कत्तिको उपर्युक्त हुन सक्छ ? कार्यान्वयन हुन सक्छ ?

मानेनन् भन्ने कुरा नै भएन । हामीहरूले यसरी सोच्यौँ कि कुनै बेला हाम्रा स्कुलहरू, कलेजहरू खुल्छन्, अनि हामी त्यहाँ गएर पठनपाठन गर्छौं भन्ने मान्यताअनुरूप बस्यौँ । यो पद्धति फेस टु फेस पद्धति, प्रत्यक्ष साक्षात्कारमा आधारित पद्धति हो यो । यो परम्परागत पद्धति भयो । हामीले एक ठाउँ जम्मा हुन मिलेन । हामीले भौतिक दूरी कायम गर्नुपर्छ । त्यो गरेर पनि स्कुल/कलेजहरू चलाउन सकिने भएन । म एउटा दृष्टान्त दिन्छु, पछिल्लो समय अमेरिकाको न्यु जर्सीमा स्कुलहरू खुले तर धेरै विद्यार्थीहरू, एक लाखभन्दा बढी विद्यार्थीहरू संक्रमित भए । पछिल्लो समयमा स्पेनको घटनाहरू हेर्नुस् । त्यसबाट पनि हामीले सिक्नुपर्छ । हामीले अब जुन पद्धतिबाट सम्भव छ, त्यो सिक्ने-सिकाउने पद्धतीलाई अगाडि बढाऔँ । त्यो सिकेको कुरालाई गणना पनि गरौँ भन्ने ढंगले हिजोमात्र हामीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको धारणा सार्वजनिक गरेका छौँ ।

तपाँईहरूको धारणा बाहिर आयो तर विद्यार्थीहरूले त यो प्रभावकारी हुँदैन भनेर भनेका छन नि ? अनलाईन शिक्षा ?

कैयौँ देशमा अनलाईन शिक्षा प्रणाली मूल बनेर अगाडि बढिसकेको छ, पहिला हामीले थाहा पाउनुपर्ने । दोस्रो कुरा, यो व्यवस्थापन गर्न सजिलो छैन तर हामी एउटा पद्धतिबाट हिँडेका हुनाले यो पद्धतिमा हामीलाई जान कठिनाई परेको हो । हाम्रो खुला विश्वविद्यालय यही पद्धतिमा हिँडेको छ । अनलाईन शिक्षा भनेको विभिन्न पद्धतिहरूलाई मिलाएर यो वैकल्पिक शिक्षा हो भनेर हामी सबैले थाहा पाउनुपर्छ । पछिल्लो समयमा, डब्ल्यु.एच.ओ.ले के भन्यो भनेदेखि यो कोभिड–१९ लाई नियन्त्रण गर्नका लागि हामीलाई २ वर्ष लाग्छ । २ वर्षसम्म हामीले स्कुलहरू, शिक्षात्मक गतिविधिहरू अगाडि नबढाउने त ? स्कुल, कलेजहरू बन्द हुन सक्छन् तर शिक्षा बन्द हुँदैन ।  औपचारिक/अनौपचारिक पद्धतिबाट सिक्ने प्रक्रिया हुन्छ । ज्ञान प्राप्त गर्ने कुराहरू हुन्छ । परिस्थितिले हामीलाई यही दिशातिर लग्यो । त्यसकारणले विद्यार्थीहरू पनि यही दिशातिर जानुपर्छ । शिक्षकहरूले अहिले विद्यार्थीहरूलाई सिक्नको लागि सहयोग गर्नुपर्छ । अभिभावकले त्यसमा उत्प्रेरित गर्नुपर्दछ । स्थानीय सरकार, प्रदेश, संघ सबै यही दिशातिर जानुपर्छ भनेर सबै एकोहोरिएर यही दिशातिर लागिसकेपछि निश्चित् रूपमा हामी हाम्रो विद्यार्थीहरूको शैक्षिक सत्र सुनिश्चित गर्न सक्छौँ । कोभिडको कारणले कुनै पनि विद्यार्थीको शैक्षिक सत्र नबिग्रियोस् । अहिले सरकारको मूल कुरा त्यही हो ।

शैक्षिक क्षेत्र त बिग्रिसक्यो नि ? जाँचमा तपाईहरूले जुन किसिमको प्रणाली अपनाउनुभएको छ, त्यसले प्रणाली त बिथलियो नि ?

पहिलो कुरा त मैले, हाम्रो सरकारले, राज्यले यो गरेको होइन । यो कुरा बुझिदिनुपर्छ । विपत्ति आयो । यस्तो विपत्तिको बेलामा पनि सरकारले शैक्षिक सत्र सुनिश्चित गर्ने गरी प्रक्रिया अगाडि बढायो भनेर सकारात्मक कुरा आएको छ । त्यो पहिलो कुरा मैले यो भन्न चाहन्छु । अर्को कुरा हामीले के भन्यौँ भन्दाखेरि कोभिडको पछिल्लो समयमा संक्रमण बढिरहेको अवस्थालाई हेरेर अझै लामो समयसम्म हेरेर भाइरससँग लड्दै जानुपर्ने भईसकेपछि एकातिर वैकल्पिक प्रक्रियालाई समातेर न्युनतम सिकाई आर्जन गर्दै जाऔँ । अब कैयौँ यस्ता पक्षहरू छन्, जहाँ औपचारिक ढंगभन्दा भिन्न तरिकाले पनि ज्ञान प्राप्त गर्दा रहेछन् । हामीले स्कुल, युनिभर्सिटी खोलेको कति भयो, त्योभन्दा पहिले ज्ञान प्राप्त गर्ने तरिका थियो । यो बेलामा हामी सबैले सकारात्मक ढंगले सोच्ने, असल अभ्यास कहाँ भएका छन् भन्ने हामीले खोज्नुपर्छ । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५, शुक्रबार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय
२०८३ असार ५, शुक्रबार
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
२०८३ असार ५, शुक्रबार
पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार
आजको मौसम : यी ठाउँमा वर्षा र हिमपातको सम्भावना
२०८३ असार ५, शुक्रबार