पार्टीमा सभापतिको स्वच्छचारिताले सीमा नाघेको भन्दै नेताहरूले अब चुप बस्न नहुने निश्कर्ष निकालेका हुन् । शनिबार भएको ‘भर्चुअल’ बैठकमा कार्यदलले सात पृष्ठको प्रतिवेदन समेत प्रस्ताव गरेको छ ।
जसमा पार्टी विधान विपरीत भएका निर्णयहरू खारेज गर्न आग्रह गर्ने र सम्बोधन नभए आमरण अनसन बस्नेसम्मका कार्यक्रम प्रस्ताव गरिएको छ । प्रस्तावमा शीर्ष नेताहरूले आ आफ्ना सुझाव दिएका छन् ।
बैठक समापन गर्नेक्रममा वरिष्ठ नेता पौडेलले यसबारे पूर्व महामन्त्री कृष्ण सिटौलासँग पनि परामर्श गर्ने र कार्यदलको प्रतिवेदनलाई तीन दिनभित्र अन्तिम रुप दिने बताएका छन् ।
बैठकमा सहभागी पौडेल समूहका एक नेताका अनुसार जति प्रयास गर्दा पनि सुनुवाई नभएकाले अब पार कि पार गर्नुपर्छ भन्ने मत आएको छ । कार्यदलले त्यसअनुसार प्रस्तावलाई परिमार्जन गरेर अन्तिम रुप दिने उनको भनाइ छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया