कार्तिक २५, २०८३ बुधबार November 11, 2026

डा. सङ्गीता कौशल मिश्रासहित १४ जनामाथि भ्रष्टाचार मुद्दा दायर

जानाजानी बदनियतपूर्वक गलत प्रतिवेदन तयार गरी सरकारी कोषमा रु.१४ करोडभन्दा बढी हानी पुर्‍याएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, कात्तिक २ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. सङ्गीता कौशल मिश्रासहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले म्यामोग्राफी मेसिन खरिद प्रकरणमा मिलेमतो, झुट्टा प्रतिवेदन र गलत बिल तयार गरी सरकारी कोषबाट करिब १४ करोड रुपियाँ हिनामिना गरेको ठहर गर्दै आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार स्वास्थ्य सेवा विभागले आ.व. २०८०/८१ मा म्यामोग्राफी मेसिन खरिद गर्दा लागत अनुमान तयार गर्ने चरणदेखि नै मिलेमतो भएको प्रमाण फेला परेको छ। ठेक्केदारलाई अनुचित लाभ पुर्‍याउन विभागका तत्कालीन अधिकारी र आपूर्तिकर्ता बिच पूर्वसम्झौता भएको देखिएको आयोगले जनाएको छ।

आयोगको अनुसन्धानमा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को उल्लङ्घन गरी लागत अनुमान अस्वाभाविक रूपमा उच्च बनाइएको, आवश्यक स्वीकृति बिना दररेट निर्धारण गरिएको र आपूर्तिकर्ताको झुट्टा बिल बिजक र गलत प्रतिवेदनका आधारमा सम्पूर्ण रकम भुक्तानी दिइएको खुलासा भएको छ।

अनुसन्धानअनुसार आपूर्ति हुन बाँकी सामग्रीलाई समेत “सम्पूर्ण सामान आएको” भनेर गलत प्रतिवेदन तयार गरी भुक्तानी दिइएको थियो।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेल अनुसार म्यासिम इन्करपाेरेसन टेडर्स प्रालिले भन्सारमा जम्मा करकट्टा गरी ८ करोड १३ लाख बराबरको सामान आम्दानी गरेको भए पनि विभागले सो कम्पनीलाई रु. १४ करोड १८ लाख १५ हजार रुपियाँको भुक्तानी दिएको थियो। यसरी करिब रु.६ करोड ३० लाख बराबरको गैरकानुनी लाभ आपूर्तिकर्ता र सम्बन्धित अधिकारीहरूले बाँडेको आयोगको ठहर छ।

अख्तियारले ठेक्का सम्झौता, लागत अनुमान, प्राविधिक परीक्षण, भुक्तानी स्वीकृति लगायत सम्पूर्ण प्रक्रियामा संलग्न अधिकारीहरूले जानाजानी बदनियतपूर्वक गलत प्रतिवेदन तयार गरी सरकारी कोषमा रु.१४ करोडभन्दा बढी हानी पुर्‍याएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गरेको जनाएको छ।

आयोगले उक्त प्रकरणमा तत्कालीन महानिर्देशक डा. सङ्गीता कौशल मिश्रासहित विभागका तत्कालीन निर्देशक डा. श्रवण कुमार थापा, डा. विवेककुमार लाल, वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्रप्रसाद चौरसिया, बायोमेडिकल इन्जिनियरद्वय आशिष चौहान र पध्मा मिश्र, आपूर्तिकर्ता कम्पनी म्यासिम इन्करपाेरेसन टेडर्स प्रालिका सञ्चालक सुन्दर भुसाललगायत १४ जनालाई प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले सो म्यामोग्राफी मेसिन खरिदमा देखिएको अनियमितता र मिलेमतोले सार्वजनिक खरिद प्रणालीप्रतिको जनविश्वासमा गम्भीर प्रश्न उठाएको भन्दै दोषी ठहर हुनेहरूमाथि कानुनी कारबाहीका लागि अदालतसँग अनुरोध गरेको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार
राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका
२०८३ कार्तिक २५, बुधबार