असार २६, २०८२ बिहिबार July 10, 2025

नेपाल एअरलाइन्सलले नियमित उडानको भाडादर परिवर्तन गर्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाल एअरलाइन्सलले नियमित उडानको भाडादर महंगो भएको आम सर्वसाधारणको गुनासोप्रति ध्यानाकर्षण भएको जनाएको छ । आईतबार कम्पनीले हवाईभाडा निर्धारण गर्दा क्लासमा वर्गीकरण गरेर गर्ने भएकाले भाडा बढी र कम हुने निगमले स्पष्ट पारेको हो ।

अहिले एअरलाइन्सको भाडादर पनि क्लास अनुसार नतोकिएको निगमको भनाइ छ । एअरलाइन्सको हङकङ – काठमाण्डौ र नारिता – काठमाण्डौका लागि भाडा दर एउटै तोकिएको छ । हङकङ – काठमाण्डौका लागि एचकेडी ४१ सय ९८ र नारिता – काठमाण्डौका ७६ हजार ३ सय जापानी एन तोकिएको छ ।

यस्तै मलेसिया – काठमाण्डौं र दुबई – काठमाण्डौंका लागि भने फरक फरक भाडा निर्धारण गरिएको छ । मलेसिया – काठमाण्डौका लागि एअरलाइन्सको भाडादर चार प्रकारको छ । सबैभन्दा महंगो २००३ मलेसिया रिंगिट र सस्तोमा १४५८ रिंगिट रहेको छ । कुनै क्लासको १८२० रिंगिट त कुनैको लागि १६२८ रिंगिट तोकिएको एअरलाइन्सले जनाएको छ ।

यस्तै दुबई – काठमाण्डौंका लागि पनि चार प्रकारकै भाडादर रहेको छ । सबैभन्दा महंगो २१२० दिनार र सस्तोमा १४४० दिनार रहेको छ । बाँकी कुनै क्लासको १८२० र १७२० यूएई दिनार तोकिएको छ । उ

डान संख्या, यात्रु तथा बर्गीकृत क्लासमा तोकिएको सीट संख्याको उपलब्धताको अनुपातमा उल्लेखित भाडादर भने परिवर्तन हुन सक्ने जनाइएको छ । एअरलाइन्समार्फत फर्कने यात्रु सबैको ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार